सफलताको जङ्गलमा असफलताका रुखहरु | Nepali Poem | Sulav Raj Baral

sulav raj baral Offline Thinker

सफलताको जंगलमा
केहि असफलताका
रुखहरु पनि रोप्नु
पर्ने हुन्छ
तब त प्रकृतिको
मजा लिन सकिन्छ
केहि प्राकृतिक
उपहारहरु
जंगलमा
रमाउन चाहानेहरुलाई
दिन सकिन्छ
तर जब जब
प्रकोपहरु आउछ्न्
यो जंगल डगमगाउदैन
केहि सफलताका
रुखहरु लड्न सक्छ्न्
यिनै रुखमा
बाँदरहरु आएर
चड्न सक्छन्
फेरि ढलेका रुखहरु बढ्न सक्छ्न्
केहि तस्करीले काटेर
त्यहि रुखबाट शिखर तिर
चड्न सक्छ्न्
तर यो जंगल
छिटै सखाप हुँदैन
तृष्णाको पसिना
चुहाएर
यसै जंगलबाट फर्कनेहरुलाई
फेरि आउनुपर्छ भन्दै
यी रुखहरु रुँदैन
त्यसैले ,
सफलताको जंगलमा
केहि असफलताका
रुखहरु पनि रोप्नु
पर्ने हुन्छ ।।

-Sulav Raj Baral

 

Read More Nepali Poem:

 

 

 

प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *