शब्द पिछे
फेरिने अक्षरहरू
वाक्य पिछे फेरिने
शब्दहरु
हरफ पिछे फेरिने
वाक्यहरु
कविता पिछे
फेरिने हरफहरु
श्रोता पीछे
फेरिने कविताहरु
कवि पिछे
फेरिने श्रोताहरु
तर
अक्षर
शब्द
वाक्य
हरफ
कविता
श्रोता
संग परिवर्तन नहुने कविहरू
जस्ताको तस्तै रहिरहन्छन्
जहाँको तहीँ भइरहन्छन्
लेखिदिन्छन् ति परिवर्तनहरुलाई
र
यही भिडमा
तिनै
अक्षर
शब्द
वाक्य
हरफ
कविता
श्रोताहरुले
कवि बनाइदिएका
म
Read More Nepali Poem at Prabhat Paudyal :
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments