जन्मसँगै आशा, भरोसा जोडिन्छ रे
उमेरसँगै गन्तव्य पनि मोडिन्छ रे
जसरी फक्क्रदै गरेको गुलाबले
सबैको मन जित्यो
त्यसरी नै बढ्दो उमेरसँगै कोही अन्जान
बंगैचामा गुलाब जस्तै फुलेकी झैँ लाग्यो
मेरै लागि बनेकी झैँ लाग्यो
रोक्न खोजे मन नै हो सकिन
ऊसँग मनका भाव भन्न आतुर म
कहिल्यै थाकिन
बोलीसँगै वसन्त आउदैथ्यो मनमा
मायाका सुस्केराहरु पलाउदै थ्यो मनमा
उनलाई आफ्नो बनाउने आशा थ्यो मनमा
मायाको डोरी झन्झन कसिलो होला भन्ने
भरोसा थ्यो मनमा
तर आशासँगै निरासा अनि हाँसोसँगै आँसु जोडिन्छ
भनेझैँ
एकपलमा साथ छोडिदो रहेछ
मलाई आशै नगर
उनको र मेरो यो अन्तिम संवाद
सम्झे
मान्छे जन्मदै मृत्युको आश गर्छ
एकले अर्काको भरोसा गर्छ
मैले नि खुब गरेँ उनलाई
आशाको डोरीमा अड्किएको यो जीवन
आशै नगरौ कसरी?
सोचेँ
पाउनु मात्र माया होइन
गुमाउनु नि त होला
प्रेममा के को आश?
अब मुटुमाथि ढुंगा राखी
मैले आश गरिन, आशमा स्वार्थ छ
तर मेरो प्रेम निस्वार्थ छ
प्रति उत्तर मेरो मौनता थियो
मनमा सहनै नसकिने घाऊ दियो
मेरा आश ऊ बाट आश नलागेपछि
मेरो आशलाई घाँटी निचोर्नु उनको लक्ष्य
लाग्यो मेरो अब लक्ष्य थिएनन्
केवल उनको खुसी बाहेक
मभित्र शुन्य छायो
मनमा कालो बादल मडारियो
दुःखमा पनि मुस्कुराउन पर्नी समय बलवान हो
शुन्यको लक्ष्य आखिर त्यही शुन्यतान हो।।
-Jivan Pande
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

