सन्नाटा | कविता | Ankit Shrestha (अनन्वय) [Poem in Nepali]

Ankit Shrestha

मरो नजिक
मसँग रहेका हरचिज मौन छन्
ठाउँ एकदम शान्त
एकान्त छ
चारैतिर सन्नाटा छाएको
मेरो कोठा
मलाई चिहान जस्तो लाग्छ।

म नजिकै उभिएको टेबल
स्तब्ध उभिरहन्छ
टेबलकै माथि पल्टिएको डायरी
आफ्ना जीवनका विरक्तलाग्दा
अध्याय पल्टाइरहन्छ
गत केही महिनादेखि शब्दसँग
सम्बन्ध बिच्छेद गरेको
कलम पनि
निशब्द लडिरहन्छ
चिहाइरहन्छ कुर्सी पनि
आफ्ना निरस आँखाले
त्यो अत्यासलाग्दो सन्नाटा उपर
फेरि खुल्ने हिम्मत गर्न सक्दैन
मलाई बन्धक बनाइराख्ने
त्यो ढोका पनि
बस पहरेदार झै खडा रहन्छ

बाहिरको कोलाहलबाट दिक्क संसार
आवाजबिहिन
मेरो कोठा
मलाई भने चिहान जस्तो लाग्छ।

-Ankit Shrestha

Image by Peter H

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *