Ankit Shrestha

Ankit Shrestha

सन्नाटा | कविता | Ankit Shrestha (अनन्वय) [Poem in Nepali]

मरो नजिक मसँग रहेका हरचिज मौन छन् ठाउँ एकदम शान्त एकान्त छ चारैतिर सन्नाटा छाएको मेरो कोठा मलाई चिहान जस्तो लाग्छ। म नजिकै उभिएको टेबल स्तब्ध उभिरहन्छ टेबलकै माथि पल्टिएको डायरी आफ्ना जीवनका विरक्तलाग्दा अध्याय पल्टाइरहन्छ गत केही महिनादेखि शब्दसँग सम्बन्ध बिच्छेद गरेको कलम पनि निशब्द लडिरहन्छ चिहाइरहन्छ कुर्सी पनि आफ्ना निरस आँखाले त्यो अत्यासलाग्दो […]

Ankit Shrestha

मझेरी | Ankit Shrestha(अनन्वय) | काव्यकुञ्ज कविता प्रतियोगिता

ती मझेरी आज पनि शुन्य छन् जहाँ हरेक साँझ हरेक बिहान मेरी आमाको नाडीका चुराहरूको छिनछिन आवाजका धुनमा ती झुल्ने गर्थे निस्सहाय छन् ती जल्न बाँकी मुढाहरू पनि जो हरेक दिन मेरी आमाको कमलो हातले ठोसिएर भविष्यलाई पकाउन वर्तमानमा जल्ने गर्थे दिनभरीको कामबाट थाकेकी मेरी आमाले आफ्नो थकान बिर्साउन लगाउने सुस्केराको स्वाद लिन नपाएका ती […]

मुक्तक | [Muktak by Ankit Shrestha]

निर्धो भई बाँच्ने मलाई बलवान कस्ले बनायो? मान्छे बस्ने यो संसारमा भगवान कस्ले बनायो? सबै बस्थे होला रमाएरै न हुन्थ्यो मनमुटाव तर ,आफै मात्र उत्तम देख्ने त्यो अभिमान कस्ले बनायो? -Ankit Shrestha     Read More Nepali Poem at Offline Thinker: Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

nepali poem

आर्तनाद | कविता | Ankit Shrestha  (अनन्वय) [Nepali Poem]

त्यो रातको अँध्यारो कोखबाट बिहान जन्मे जस्तै कुनै समय ती निर्जीवको कोखबाट म पनि सजीब भएर जन्मेको थिएँ। यी बिहान जसले हरेक दिन चलाउँछन् म आज सारा जगतको सृष्टि चलाउँछु। निर्जीवलाई काखमा राखी म सजीवलाई प्राण खुवाउँछु। आफू रुझ्छु ,यिनलाई ओताउँछु। म आफू नाङ्गिन्छु तर मेरो भरमा रहेका यिनको लाज बचाउँछु। किनकी म जगतकी सृष्टिकर्ता […]

एकलान्त | Nepali Poem | Ankit Shrestha (अनन्वय )

जब रात पर्छ म त्यो कालो आकाशतिर हेर्छु त्यो चुक घोप्ट्याए जस्तो कालो आकाशमा ताराहरू उस्तै चम्किरहेका छन् धिपधिप गर्दै आकाशमा आफू हुनुको अस्तित्व बचाउन । अनि जब बिहान हुन्छ, ऐनामा म आफूलाई हेर्छु ऐनाभित्र त्यो चलायमान आकृति देख्दा लाग्छ म पनि सायद बाँचिरहेछु यो पृथ्वीमा म आफू हुनुको अस्तित्व बचाउन । त्यति धेरै ताराहरू […]