एकलान्त | Nepali Poem | Ankit Shrestha (अनन्वय )

जब रात पर्छ म त्यो कालो आकाशतिर हेर्छु
त्यो चुक घोप्ट्याए जस्तो कालो आकाशमा ताराहरू उस्तै चम्किरहेका छन्
धिपधिप गर्दै आकाशमा आफू हुनुको अस्तित्व बचाउन ।
अनि जब बिहान हुन्छ, ऐनामा म आफूलाई हेर्छु
ऐनाभित्र त्यो चलायमान आकृति देख्दा लाग्छ म पनि सायद बाँचिरहेछु
यो पृथ्वीमा म आफू हुनुको अस्तित्व बचाउन ।
त्यति धेरै ताराहरू बीच पनि त्यो चन्द्रमा एक्लो छ-
यति धेरै मानिसहरूको भीडमा पनि म एक्लो छु।
एक्लो म आफ्नो एक्लो पनलाई दुर गराउन
दिनमा ती प्रकृतिका धुनसँग बात मार्छु
अनि रातमा त्यो आकाशको जूनसँग ।
ती सुमधुर धुन मेरा मनका साथी हुन्
जोसँग म मनका कुरा गर्न सक्छु,
अनि जुन मेरो रातको साथी
जोसँग म मेरा कुरा गर्न सक्छु ।

-Ankit Shrestha

Image by Melk Hagelslag from Pixabay

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *