Nepali Poem | प्रेममा स्वतन्त्रता | Diksha Phuyal

Diksha phuyal Offline Thinker

प्रेम भनेको हक हो या बन्धन?

मन खुलेर उड्ने आकाश हो या

कसैले कोरेको सिमाना?

 

यदि प्रेम खुशी हो भने,

किन यसमा स्वतन्त्रता हराउँछ?

किन हाँसोको अर्थ सोध्नुपर्छ?

किन आँसुलाई लुकाउनुपर्छ?

अनि,

किन जकडिएका छ्न् यसमा शर्तहरू?

 

म मायामा बाँच्न चाहन्छु, तर हराउन चाहन्न,

म हात समाउन चाहन्छु, तर पखेटा काट्न चाहन्न,

म समर्पण गर्न चाहान्छु, तर आफ्नै अस्तित्व गुमाउन चाहान्न।

 

र बिन्ती यो प्रेमको नाममा,

मलाई आफैबाट टाढा नबनाइयोस,

म आफ्नै आकाशमा,  आफ्नै पखेटा लाएर,

म आफै उठ्न चाहान्छु।

 

-दिक्षा फुयाल ( मिनारी )

 

Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *