Nepali Poem | नरकी नारायणी | Pratikshya Baral

निश्चल ममताको आवास हौ तिमी
अन्धकार भित्रको प्रकाश,
सुनौलो प्रभास हौ तिमी।।

थालीको आशिस,
निधारीको अक्षता हौ तिमी ।
घरलाई घर बनाउनी धरणी
संसारिक रणभूमि हौ तिमी।।

तिमीमै समस्त छ जगत
प्रेमील शुभान हौ तिमी।
जनककी सीता कृष्णकी राधा
स्वर्णिम प्रभान हौ तिमी ।।

भद्र अनि शालिन्ताकी मूर्ति
माता पार्वती हौ तिमी ।
ब्रम्ह निर्मित भैधर्व
विशाल शेष अधिपति हौ तिमी।।

प्रेमको स्वरुप ,
कुशल मनसाय हौ तिमी।
पुरूषको साहर,सन्तानको आहरा
हर घरको पहारा हौ तिमी।।

जीवन र मरण बीचको दोसाद ,
धिपी धिपी बल्नि लाल्टिन हौ तिमी।
औंसीको साहरा , पूर्णिामाको दियो
जननीको प्रतिमा हौ तिमी।।

रजस अनि तमाशको आकृति
आवान हौ तिमी ।
श्रृगारिक मोह , परम आवरणको
मोहिन स्वीकृति हौ तिमी।।

प्यासीको तृप्ति, संयासीको भक्ति
फूलको सुभाष हौ तिमी।
मेधाको उपज अनि मौनताको भाती
माता सरस्वती हौ तिमी।।

देवी रूपी अनन्पूर्ण
हरा भरा कोखकी धनि मलिका हौ तिमी ।
काल्पनिक सोपनको विमर्श ,
विलासी मनोदशाको मनिका हौ तिमी।।

मनव दृस्ठि अनि अनुपम प्रकृतिको
मनमोहक उपहार हौ तिमी।
जित पनि तिमी हार पनि तिमी
तिमी नै तिमी इति ब्रह्माण्डको
एक मात्र परिचय हौ तिमी।।

-Pratikshya Baral

 

Read more Nepali Poem: 

 

Read More Travel Stories From Offline Thinker:

 

 

Read More Nepali Story at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *