प्रेम भनेको हक हो या बन्धन?
मन खुलेर उड्ने आकाश हो या
कसैले कोरेको सिमाना?
यदि प्रेम खुशी हो भने,
किन यसमा स्वतन्त्रता हराउँछ?
किन हाँसोको अर्थ सोध्नुपर्छ?
किन आँसुलाई लुकाउनुपर्छ?
अनि,
किन जकडिएका छ्न यसमा शर्तहरू?
म मायामा बाँच्न चाहन्छु, तर हराउन चाहन्न,
म हात समाउन चाहन्छु, तर पखेटा काट्न चाहन्न,
म समर्पण गर्न चाहान्छु, तर आफ्नै अस्तित्व गुमाउन चाहान्न।
र बिन्ती यो प्रेमको नाममा,
मलाई आफैबाट टाढा नबनाइयोस,
म आफ्नै आकाशमा, आफ्नै पखेटा लाएर,
म आफै उठ्न चाहान्छु।
-Diksha Phuyal ( मिनारी )
Read more Nepali Poem:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments