कति अनौठो छ यो
जीन्दगीको कथा पनि
सुन्न नमिल्ने मात्रै मनन गर्न
मिल्ने मौनताको व्यथा पनि
साच्चै तिमी
कुन खाले मौनताको कुरा गर्छौ ?
हेर यो निलो आकाश
के बोलिरहेको छ ?
त्यो हावा
निरन्तर के खोलिरहेको छ?
के बोलिरहेको छ?
त्यो क्षितिज
सदियौदेखि अस्थीर छ, मौन छ
यो दुनिया हेर
दिनानुदिन परिवर्तनशील छ
तर सब चुपचाप छन्
यो प्रकृति, यो पर्यावरण
यी फूलहरू के बाचाल छन् ?
तर हेर न
कति सुन्दर छ यी सबको मौनता ।
सोच त मौनताले भरिएर
मौन भए पनि
कति धेरै अभिव्यक्त छन् यिनीहरुमा
तिमीले अनजान जसरी कसरी भन्छौ
मलाई तिमी किन मौन छौ भनेर ?
कहिले बुझ्छौ तिमी
मनलाई भन्नुको जरुरी हुँदैन
मौनता सबै बोलिदिन्छ
प्रेममा बोलाहट हुँदैन
तिमी किन फेरी भन्छौ मौन छौ भनेर?
यो कमजोरी होइन केवल
धैर्यता हो भन्ने नजानेर।।
-Jivan Pande
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

