माइतीघरमा आउने जाने एक आगन्तुक | Nepali Poem By Secret Thinker

Nepali Poem
बा, माइतीघरको डाँडामाथि पढ्न जान्न म
व्यवस्थापनको जरो आउछ त्यहाँ
विद्यादेवी सरस्वती मातालाई
पूजीदैन सरस्वती पूजामा
बा, आमा
तपाईंहरुको आदर्श सदैव मसँग छ
तपाईं मानिसलाई
नमस्कार गर्न सिकाउनु हुन्छ
आमा देउतालाई;
त्यो डाडामा विवेकशीलहरु
ढाेका लगाइ
माक्सवाद र समाजवादका
गहकिलो कुरा गर्दछ्न्
विद्यार्थी डाँडादेखि ओराली लागेर
एउटा खाजा घरमा पस्दछ्न्
बालकले परौठा
तिनका अगाडि राखिदिएसी
आआफ्नो पेट भर्दछ्न्
रहर छैन् मलाई मानिसको आलोचना गर्न
म भोक्ता र साक्षी मात्र हुँ
बा, म नेपाल यातायात चढी
किताब बोक्ने झोलामा
कुन्ठै कुन्ठा बोकी फर्किन्थेँ
त्यसैले बा, माइतीघरको डाँडामाथि पढ्न जान्न म
त्यहाँ व्यवस्थापनको ज्वरो आउँछ
आज मेरो ज्वरो बढेर
निमोनियाँ होला जस्तो लागेको छ
बा, माइतीघरको डाँडामाथि पढ्न जान्न म ।।
( कवि हरिभक्त कटवालकाे स्मृतिमा  )
-Nepali Poem
Image by toalfee
Facebook Comments
We are Writers who do not want to reveal our names. If you wish the same, mention #nonameplease on top of your writing and your name will be secret too.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *