न्यानो माया
तिम्रो यादमा मलाई निन्द्रा परेकै छैन
म छट्पटाइरहन्छु, म तड्पीरहन्छु
कुन गोरेटोमा तिम्रो समिप पर्छु भनी
म मनमर्जी बाटो फेरीरहन्छु,
हो तिमी
न्यानो माया; म तिमीलाई नै कुरिरहन्छु।।
आउँदा आउँदै कतै थकाइ पो मार्न थाल्यौ कि
अल्मलिएर अन्यत्रै अलपत्र पो पर्यौ कि
म भने यता टुलु टुलु तिम्रो आगमनको प्रतिक्षामा
उता तिर्खाएर व्याकुल तिमी प्यास पो मेट्न थाल्यौ कि
हो तिमी
न्यानो माया; म तिमीलाई नै कल्पिरहन्छु।।
आउ न चाँडो किन यति अबेर गरेको?
मन्जिल तिम्रो मै मात्र हो, अझ अन्योलमा किन परेको?
यहाँ मेरो मुटुको चाल सुस्ताइ सक्यो
खै तिमी आएर ममा उर्जा भरिदिएको?
हो तिमी
न्यानो माया; म तिमीलाई नै पुकारीरहन्छु
हो तिमी न्यानो माया
म तिमीलाई नै पुकारीरहेछु ।।।
-Samikshya Kadariya Rijal
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

