जन्मदिन नै मरण दिन | कविता | Jiban Pande | काव्यकुञ्ज कविता प्रतियोगिता

बा आमाको दोस्रो छोरा

दाई पछि को यो जीवन

तर

नौँ नौँ महिना आमाको त्यो कोखबाट

यो धर्तीमा बाआमालाई खुसीका रंगहरुले भर्दै

आफु रुदै हो म स्वयम्

आफै जन्मेकै दिन

मेरो नाम पनि उही अरुको जस्तै

घाटमा लेखियो

जन्मन नपाउदै मृत्युसँगै जोडियो

हो त्यसैले

म जन्मेको दिन नै

म मरेको दिन थियो

मरण जोडिएको दिन थियो

नजन्मदै आमाको कोखमा मर्नु

संसार देख्न नपाउदै गर्वपतनमा पर्नु

अनि जन्मदै मर्नु या जन्मी सकेर यो रमणीय

संसार देखेर मर्नु

सब उस्ता उस्तै नै हुन्

बस् ढिलो चाडो मिति तिथी बार न फरक हो

सब आखिर त्यही एकै ठाऊ

त्यहि घाटको निम्तो न हो

सधै घिटिक घिटिक एकै मुठीमा संसार बोकेर

जिउदै सधै मरि मरि बाच्नु,आखिर

एक दिन मर्नका निमित्त संघर्षपूर्ण जीवन जिउनु

पनि त त्यहि घाटको निम्तो न हो

जन्मपछिका दिनमा कयौँ ठक्कर खाँदै

आज यहाँ छु

पराईको त के कुरा आफ्नैले यहाँ

जन्मेको दिनदेखि नै पल-पल मारिरहेका छन्

त्यो दुई खोलिको दोभान तिर धकली रहेका छन्

सधै घाटको निम्तो न थियो यो

त्यसैले त

म जन्मेको दिन नै मेरो अन्तिम दिन भयो

म जन्मेको दिन नै म मरेको दिन थियो

जिन्दगीमा आफ्नैका साथ छुटे पछि

कयौँ मिहेनत गर्दा पनि सम्हालिन

नसकिदा यो आफ्नै जिन्दगीले पनि

बारम्बार घाटको निम्तो दिईरहेको छ

जन्मसँगै मरण जोडिएको भएर होला

सानो कुराले कतै मन छुँदा पनि

घाटको निम्तो झैँ लाग्छ

त्यसैले म जन्मेको दिन नै मरेको दिन थियो…!!

-Jiban Pande

 

_______

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *