के लाग्दो रै छ र ।
मेरो बोली स्वर अनि उसको धुन लागेपछि ।।
के लाग्दो रै छ र ।
मेरो काम बकवास अनि उसको गुन लागेपछि ।।
माया त अपार मैलै पनि गर्थेँ तिमीलाई ]* 2
के लाग्दो रै छ र ।
मेरो माया पित्तल अनि उसको सुन लागेपछि ।।
के लाग्दो रै छ र ।
मेरो कुरा शुन्य अनि उसको भव्य लागेपछि ।।
के लाग्दो रै छ र ।
मेरो बानी गलत अनि उसको सभ्य लागेपछि ।।
ज्यान त मैले पनि दिन्थे तिम्रो लागी ]* 2
के लाग्दो रै छ र ।
मेरो माया साँराश अनि उसको महाकाव्य लागेपछि ।।
के लाग्दो रै छ र ।
मेरो हेराई तुत्छ अनि उसको अपार भएपछि ।।
के लाग्दो रै छ र ।
मेरो प्रस्ताव बेकाम अनि उसको संसार भएपछि ।।
सँगै जिन्दगी बिताउने इच्छा थियो मेरो पनि ]* 2
के लाग्दो रै छ र ।
मेरो सोचाई सपना अनि उसको साकार भएपछि ।।
-Beni Nepali
_______
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

