नारीको बिलौना | कविता | Soniya Siwakoti | काव्यकुञ्ज कविता प्रतियोगिता

यो संसार देख्न नपाउँदै, आमाको कोखबाट
फालिन्छु म नै
कति  हेला,अपमान सहनछिन ,जब पाउछिन्   आमाले  छोरी सन्तानको रुपमा रमाइ !!
पढ्ने,लेख्ने,खेल्ने,रमाउने उमेरमा शिर बेचिन्छ मेरै
अनि औला ठढयाउदै भन्छ समाजले गल्ति छ सबै तेरै!!
देख्छन् सबैले गल्ति मेरै,काटिन्छ कुरा हरेक गललीको चोकचोकमा
दिँदैनन् कसैले बोल्ने अधिकार पार्छन तल हरेक थोकमा!!
मन खोलेर प्रकृतिको हावामा डुबन पाएको छैन
आखिर किन यति हेला ,अत्याचार,समाजलाई जन्म दिने नारी नै होइन?
जसले समाजलाई संसार बनाउँछ,त्यसलाई नै समाजले किन ल्याउँछ?
फुल्न लागेकी सुन्दर फुल जस्ती नारीलाई किन कोपिला मै चुढयाइनछ?
नारी कसैको भारी होइन ,नारी त देवी हुन्
तर देवी जस्ती पुजेर राखेको नारी खोजु म कता!!
 रोई,कराई गरी शिक्षा,रोजगार र व्यवसायको ठाउँमा त पुगे
आखिर किन यति असुरक्षित,बिचै बाटोमा बलत्कारको रूपमा लुटिए!!
समझिदा मनमा तिखा काँडा उम्रन्छन,ती निर्मला पन्तको हत्या
इजोत लुटिने,मृत्युको डर,त्रास छ हरेक नारीको मनमा!!
धर्मको जस्तो समाज,यो देशमा छैन कतै महिलालाई सुरक्षा
आखिर कति चेली लुटाउछौ ,हे सरकार किन पकडदैनौ हत्यारा!
हुनुपर्छ कडा कानुन,फासीमा झुनढयाउनु पर्छ त्यस्ता ज्यानमारालाई
संसार बनाउने नारीलाई मृत्यु होइन,स्वतन्त्र सुरक्षा देउ यो संसार बनाउनलाइ!!
-Soniya Siwakoti

 

_______

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments
My hobbies are singing, writing, reading, and dancing. I love to write poems .and my interest is in poetic field.

Leave a Reply

Your email address will not be published. Required fields are marked *