म त केवल एक नारी
लेख्दै छु मेरो सपना यी कागजका पानामा
रम्दै छु म मेरो कल्पनाहरुमा
जागृत भएको यो उत्साह लिएर
खोज्दै छु म उदेश्य के हो मेरो जन्मको भनेर
मेरी आमाको लागि कि मेरो मातृभूमिको लागि
कस्को लागि जन्मे म केवल एक नारी
विवाह बन्धनको लागि कि समाज उत्थान को लागि
कस्लाई जोगाउ म केवल एक नारी
देशको नाम उच्च रख्न सक्छु म सक्षम
अध्ययन अध्ययापनमा पनि छुइन अरुभन्दा कम
शिक्षित म भए मेरो पुरा परिवार र समाजलाई पार्छु म उज्ज्वल्
म एक आमा, म एक छोरी, म एक गृहनी, म एक बुहारी
देशको लागि लड्न हरदम तयार म एक सिपाही
न हावाले रोक्न सक्छ न पानीले छेक्न
काली स्वोरुप म सक्दिन कसैको अगाडी घुँडा टेक्न
म त केवल एक नारी तर मेरो रुप अनेक
आमा बनी स्याहार्छु र छोरी बनी दिन्छु खुशी
गृहिनी बनी घर सम्हाल्छु र बालबालिकालाई दिन्छु बुद्धि र बिबेक
ममताको खानी म संसारलाई मायाले सजाउछु
सबको दुःख हरेर म आत्मसन्तुष्टिमा रमाउछु
देखेँ मैले खुशीको बाटो, भेटेँ जन्मको लक्ष्य
बालेर शिक्षाको दीपक संसार उज्ज्वल बनाउन म दक्ष
म त एक कुशल नारी !
म त एक सबल नारी !
-Namrata Tuladhar
_______

