स्नेह र ममताले सजाएको मेरो सानो घर
आज खोइ मायाको अभावले रोइरहेछ
नयनमा सजाइरहेका मेरा मुटुका टुत्राहरु
मलाई खुशी खुशी छाडेर गइरहेछ।।
मेरो माया अथवा संस्कारमा केही खोट थियो र?
कि मैले सजाएको स्वर्ग नर्ग भयो र?
मनमा अनेक थरी प्रश्न उब्जिरहेका छन्
तर उत्तर दिने चुपचाप बसिरहेका छन् ।।
वीर गोर्खाली भनी गर्वले हिड्नेहरु त
आज धनका निम्ति अरुको गुलाम बनिरहेका छन्
समृद्ध र सुखी राख्छु भन्नेहरु त
आज स्वर्थी बनी घुस खाइ बसिरहेका छन् ।।
फुलका थुङ्गा थुङ्गा मिलाएर माला बने जसरी
सबै जातजाति, भाषा, धर्म र संस्कृतिलाई मैले गासेकी थिए
तर आज ती फुलका मालाहरु सबै टुक्रिएछन्
र केवल म धागो मात्रै बाकी भएछु।।
कुविचार कुप्रथा र कुसंस्कृतिको बीउ मैले गोडेकी थिइन त
अचानक तिनकै मत्रै रुख कसरी बड्न थाले त?
मनका भावनाहरुमै रुमलिएर बसेकी छु म
समस्याको भारी लिएर पनि हास्न बाध्य बनेकी छु म।।
अंगालोमा बाधेर राखेका मेरा फुलहरु
अरुकसैले टिपेर लगिसकेछन्
म आमाको गुहार सुनेर त फर्किआउ
अरुको धर्तीमा श्रमिक बन्नुभन्दा माली बनि आफ्नै बगैंचा सजाउ।।
मेरा नयनबाट बगिरहेका आँसु
अब अनमोल भएनन्
मेरा सिकाएका ज्ञानगुनका शब्दहरु
अब मुल्यवान रहेनन् ।।
चोटमा मलम लगाइदिने हवासरि बिलाइगए
एकताबद्ध भइ विकासतर्फ लम्कने त काठको बाकसमा फर्किए
म निकै कमजोर र निशब्द भइसके
म निकै कमजोर र निशब्द भइसके।।
-Sriya Shrestha
_______

