पीडा छ हजुर | Beni Nepali | Poem

कविता सुनाए कान्छीलाई मैले ।

मुसुक्क मुस्कान दिएर गई ।।

रित्तो भएर फाटेको मेरो मन ।

नशिला आँखाले सिलेर गई ।।

अझै सुनाउनु न कविता भन्दै थी मोरीले  ]*२

Thank you so much दाई भन्दै ।

Bf लाई सुनाउन कविता लिएर गई ।।

छड्के नजरले हेरी कान्छीले ।

1D यो मनलाई 3D गरिछ ।।

नशालु आँखाको मोह मिसाई ।

यो मेरो मनको बिडी भरिछ ।।

बोलाको त चिन्दिन भनी रिसाई कान्छी त ]*२

नियालेर हेर्दा थाहा पाए मैले ।

मेरी कान्छी त डेडी परिछ ।।

-Beni Nepali

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author
I am an electrical engineer currently working at NEA. I always have an interest in poetry, literature.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *