Nepali Poem | म उडु“ कसरी ? | Moin Uddin [Poem in Nepali]

Moin Uddin

म उडु“ कसरी
जब सबै मेरा बा–आमा, दिदी–दाई, आफन्त पनि यहि चाहन्छन् कि छोरी ठूली भएस् अनि नाम राखेस्
तर उड्न खोज्दा उड्ने वातावरण दिदैनन्
पढ्न लेख्न कापी किताब चाहिन्छ भन्दा आफ्नो पीडा तेस्र्याइदिन्छन्
साथीकोमा जाउ“ भन्दा शंकाको आँखाले घुर्छन्
स्कूलबाट घर फर्किदा गृहस्थीको मेलामा हुलिदिन्छन्
अनि म उडु“ कसरी ?

जन्मे हुर्के यहि हरियालीमा
खोला र खोल्साको गोरेटोमा
घास दाउरा किरा फट्याङ्ग्रा
भुर्रभुर्र उडि रस खान आउने रङ्गी चङ्गी पुतलीको सहारा
यिनीहरुनै रहे मेरा साथी अनि खेल्ने बहाना
न देख्न पाए त्यो वारी पछाडीको संसार
के होला कस्तो होला भनि उत्सुक्ता लिइ जान खोज्दा
मेरा आफ्नैले गाली गरि थम्याइदिए डोको र हँसिया
अनि म उडु“ कसरी ?
सुन्ने गर्छु साथी र गुरुबाट कि संसार ठूलो छ
खै मलाई अहिलेसम्म यति हो संसार भन्ने लाग्छ
अब बा पनि खासै शहर गाको जस्तो लाग्दैन
आमाको के कुरा गरु बिहानीको किरणले छुन नपाउँदै रातको जून नचम्केसम्म
घरको काम र वस्तु मेलालाई स्यहार्दै शहर कुन देशमा पर्छ भनि आफ्नो निधारको पसिना पुछ्दै खुइया गर्दै भान्छामा पस्नुहुन्छ
अनि आमानै उड्न नसकिरहँदा
म उन्की छोरी अब उडुँ कसरी ?
शिक्षकले अस्ती कल्पना गर्न सक्नुपर्छ
आफ्नो लागि ठूलो सपना देख्नुपर्छ भनेर भने
तर म सपना के को देखुँ?
त्यहि खोला, त्यहि मेला, त्यहि वस्तुको कि बालापनमा विवाह गरि आमा जस्तै दिन रात नभनी उकाली ओराली गर्दै गृहस्थी मै संसार
बिताउँदैको देखुँ ?
खोइ केहि देख्या भएपो सपना देखुँ
केहि सुन्या भएपो कल्पना गरुँ
विश्वास धर्मराएको मेरो गाउँको जनतामा
म एक त छोरी अनि बन्धन अनगिन्ती
अनि भन्नुस म उडुँ कसरी ?

-Moin Uddin

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *