By Secret Thinker
एकातिर-
खान दाना न’भा
जिउमा तागत न’भा
लाउन नाना न’भा
ओढ्न ओड्ने न’भा
छाउन छाना न’भा
टाल्न टालो न’भा
माग्न मन न’भा
मनमा आँट न’भा
दिनमा सुख न’भा
रातमा निन्द्रा न’भा
जीउने आधार न’भा
मर्ने हिम्मत न’भा
ह्यात्तेरीका,
डरलाग्यो माइ लोर्ड ।
अर्कातिर-
खाना खाको धेर् भा
जिउमा बोसो धेरै भा
लाउले फालाफाल भा
ओढ्ने फेर्ने बेला भा
छाउने कति छाउने
टाल्न केहि न’भा
माग्ने आकोआइ भा
मनमा लोभैलोभ भा
दिनमा निन्द्रा न’भा
रातमा शान्ति न’भा
जीउन मन भा
मर्न मन न’भा
तर कुकर्मले पिरोलि’रा
दुश्मनले मार्न खोजिरा
जीवन के भा के भा
खै जीवन, ह्यात्तेरीका,
डरलाग्यो माइ लोर्ड ।।
नपाउनेले पाउदै न’पा
पाउनेले पाको पाइ भा
नखाकोले खानै न’पा
खाकोले खाको खाइ भा
कसैले सुख न’पा
कसैलाई दुःख न’भा
ह्यात्तेरीका, यो के भइरा
डरलाग्यो माइ लोर्ड ।।
डरलाग्यो ।
Photo retrieved from Setopati
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

