बोकेर सपनाका पोकाहरु
खोलेर अवसरका ढोकाहरू
अस्ति अञ्जली भगिछे!
भविष्यको भिख मागिछे।
दलालको जालमा फसेर
कल्पनाको कुम्लो कसेर
अञ्जलीले डाँडो काटिछे
आशाको थाङ्गो भाचिछे!
बुन्नु छ उसका हरेक रहर
किन्नु छ उसलाई आफ्नै सहर,
अब ऊ संसारबाट आजाद छे,
होलान् उसका ईच्छा पूरा के?
पुगेर नर्क कालो कोठरीमा
डुबेर आफ्नै आँसुको पोखरीमा
सराप्छे निहत्था आफैलाई
हिजो उसले आफू बेचिएको थाहा पाई!
आज अञ्जली बिरामी छे
अब ऊ निको हुन्न रे!
सम्झन्न ऊ आफ्नो विगतलाई
मागी परैबाट उसले बिदाई!
-Prabhat Adhikari
Photo by Annie Spratt
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments
1 Comment