पासो | कविता | Pravat Adhikari | Offline Thinker

पासो कविता

कविता-

मातृभूमि, मेरी आमा!
सुधा त्रिपाठीले सुनखानीलाई दिएझै
सिद्धीचरणले कोशीको दूध पिएझै
म तिमीलाई के दियौँ?

न मसँग तिमीलाई चढाउन,
एक अञ्जुली सफलताका कथा छन्
न त कोशेली पठाउन
दरिलो खुट्टा टेकेका दुई भाई भरिया।

तिमीले पोहोर नै टालेर बेरेको फरिया,
छोराको लास नफ्रकेकाले रोकिएको किरिया,
जनयुद्धमा काटिएका तिम्रा माईती,
अस्मितामाथि बारम्बार प्रहार गर्ने “शाही” ति!

मैले नदेखेको होइन तिम्रा आँशु
नतरेको होइन दुःखको समुन्द्र,
सकिन साट्न तिम्रा दुःखभरी दिन
त्यागे भूमि तर बिर्सिएको छैन तिम्रो ऋण।

आज सपनीमा तिमीलाई देख्दा
बाबु नजा भनेर तिमीले बाटो छेक्दा,
सायद म बुझ्दो हूँ
“पैंसा हैन् पासो छ प्रदेशमा “।

 

Read More ‘कविता’ of Pravat at Offline Thinker:

अञ्जलीहरुलाई | कविता | प्रभात अधिकारी

Follow Offline Thinker at Facebook: facebook.com/offlinethinker/

Facebook Comments
Words are the biggest healer, that is why I prefer to play with words. I believe if we believe to see 'Change', we need to be 'change'. Just a 19 years abnormal stormer.

YOU MAY ALSO LIKE

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *