मातृभूमि | कविता | Pravat Adhikari | Offline Thinker
मातृभूमि, मेरी आमा! सुधा त्रिपाठीले सुनखानीलाई दिएझै सिद्धीचरणले कोशीको दूध पिएझै म तिमीलाई के दिउँ? न मसँग तिमीलाई चढाउन, एक अञ्जुली सफलताका कथा छन् न त कोशेली पठाउन दरिलो खुट्टा टेकेका दुई भाइ भरिया। तिमीले पोहोर नै टालेर बेरेको फरिया, छोराको लास नफ्रकेकाले रोकिएको किरिया, जनयुद्धमा काटिएका तिम्रा माइती, अस्मितामाथि बारम्बार प्रहार गर्ने “शाही” ती! […]