अहिले विश्व प्रतिकूल समयको सामना गर्दै छ। आधुनिकता, विज्ञान र अनुसन्धानमा तिब्र फेड्को मारिरहेको संसार सामु आँखाले देख्न समेत नसकिने एउटा जीवाणुले लाखौं मानिसको ज्यान लिएर हाम्रो क्षमताको परीक्षा लिँदैछ।
विश्व मानचित्रमा सानो तर सभ्यता, भू-राजनीतिक अवस्थिति र विकासको प्रचुर सम्भावना बोकेको मेरो देशमा, यही बेला संसारमा काही नभएको नाटक मञ्जन भईरहेको छ।
खुला सिमाना, यात्रीको यथेष्ट ट्राभलहिस्ट्री विवरणको अभाव, धार्मिक प्रचारकहरुको लापरवाही र कमजोर तयारीका कारण हाम्रो देश अझै पनि यस विश्वव्यापी महामारीको जोखिममा छ।
तर विडमबना, हाम्रो अभिभावक, ‘सरकार’ अझैपनि आफू जीवित रहेको अनुभूति गर्न, आफन्नै नेता तथा सांसदहरुसँग हस्ताक्षर मागी रहेको छ।
त्यतिले नपुगेर अर्को पार्टी फुटाएर कुर्सी बचाउने खेलमा जनताका प्रतिनिधि भनिएका सांसदको प्रयोग गरिएको छ।
जनता जसको अभिमतबिना, मान्यज्यूहरुको कुर्सीबास हुँदैन,उनीहरूको जीविका आज कसरी चलिरहेको छ कसैलाई चासो छैन।
अस्ति नै हामीले मजदुर दिवस मनायौँ, उनको चुलो बाल्न, एक बोरा चामल, दाल र ग्यासको साटो एकथान संयुक्त संदेश, केही कविताहरू र शब्दहरूको माला उनेर शुभकामना पठायौँ।
शब्दहरूले भोक मेटिन्न, पेट भर्नलाई खानै पर्छ। यसबेला प्रत्येक नागरिकले खाएका छन् त केवल ‘हरेस’, मन भरिएको छ त मात्र निराशाले।
एक छाक खान दिनभर काम गर्नुपर्नेहरुको काम रोकिएको आज एक महिना भन्दा धेरै भयो।
सरकार देशमा लकडाउन धोषणा गरेर लमतन्न निदाएको छ। मध्यरातमा निद्र खुलेको बेला सत्ता खुस्कियो की भनेर ईजार समाउँछ।
किसानको खेतीपाती रोकिएको छ, देशमा तिब्र बेरोजगारी बढेको छ। भोकमारी लाग्छ जनता मर्छन् नेताजीलाई के खाँचो यसैपनि चुनाव आउन दुईबर्ष अझै बाँकी छ।
-Pravat Adhikari