साथी, यस गल्लीको
यो कुनामा बसी कालजय
गीत गुनगुनाइ बसेका
यी मानिस सङ्गितकार होइन
रोजिरोटीका लागि
सङघर्ष गरेको हो तिनले
स्वोरसम्राटकाे शालिक रहेको चोक
पर अलि पर छ
म देखाइ दिउला तिमीलाई
त्यहा लमतन्न मोटर कुदिरहेछ्न्
अस्तव्यस्त होला
गाइगुइ गीत गाउदै
यहाँ यस्तै छ
हरेक चोकमा, हरेक डबलीमा
बहुलाहरु धेरै भेटिन्छ्न्
यो हाट नियाल्दै गरेको मानिस
दार्शनिक होइन
रोजिरोटी कमाउन
अब म के गराै भन्दै
सोचमग्न भएको निश्चल आत्मा हो उ
उता एता होइन , यता तिर हेर यी
भाका हाल्दै गीत गाउदै र नाच्दै
ग्राहक बोलाएको हो
यिनी कलाकार होइनन्
कस्तो सुरिलो छ भाका पनि
कस्तो बिम्बात्म छ हाउभाउ
भन्दैछ्न्- हलो सर एकचोटी फर्केर हेर्नुस त
छिटाे छिटाे हिड
धेरै कुरा देख्नु छ हामीले
धेरै कुराको अडकल बाजी गर्नुछ हामीले
यी मुहारका चित्र बनाउन बसेका
भोलिका दिनमा कुनै चित्रकारको गौरव गाथामा रहदैनन्
रोजिरोटीका लागि हो यो सिप
हुन पनि यी चित्रकार होइनन्
चित्रकार त आफ्नो दुनियाँमा रहन्छ
हात भरी रङ्गको छिर्का रहेको
आँखा रहस्य बोकेको हुन्छ उसले
यसको आँखामा त बस दुःख छ
हात सब खिइएका छ्न्
कोनसा चित्रकार हो र यो ?
साथी, यहाँ यस्तै छ
यो एक्लो भुतभुताई रहेको कवि हो
भात जोर्न नपाएर
यी गल्लीमा बसी कविता कोर्छ
धेरै जसो भारी बोक्छ
आज बहुत थकित जस्तो छ
र त्यो नाम्लो घाटीमा बाधेर
यो कविको बगलमा रहने
साहित्यकार हो
जिउदो लास भन्ने उपन्यास लेख्दै छ रे
यहाँ यस्तै छ , कला यहाँ रमाउछ
भात जोर्न यी सबले कमाउछ
तिमीले खोजेको जस्तो
यी होइनन् होला
जाउँ हिड ,
माथ्लो तहका एक नम्बरी र चलेका
देशले चिनेका , जनमानस सँग घुलमिलेका
साहित्यकारहरु , चित्रकारहरु , दार्शनिकहरु
आध्यात्मिक प्रज्ज्वोलियनहरु, कविवरहरु ,
कलाकारहरु , नाटककारहरु
सायद ठमेल तिर कफि पिउदै हुन्
त्यतै भेटिन्छ्न्
यहाँ रहेकाहरुलाई त कला भनेको के हो
जान्दैनन् होला ?
महान चित्रकारहरुलाई चिन्दैनन् होला ,
न यिनलाई स्वोरस्म्राटको बारेमा थाहा छ
महाकवि त चिन्दैनन् होला
ओशोको त के कुरा गर्नु ?
यिनका लागि बनेको होइन
कला, साहित्य, सङ्गित, दर्शन
हिड जुम ,
यस युगमा गरीब बुद्ध बन्न सक्दैनन
न कवि हुन सक्छ्न् यी निमुखा
यिनका लागि साहित्य निर्माण भएकै होइन
युगदेखि युगसम्म हेर्दा
त्यस युगमा कविर जन्मिएको थियो
जो बुनकर भै समाज बुनेर गए
एक माहान कवि भइ बिलाए
शुन्यमा शुन्य सरि
हाम्रो माहाकवि पनि बिलाये
यस्तै छ हाम्रो यस युग
बिलाउनु भन्दा पिलाउनु ठिक मान्दछ
जाम हिड, उ त्यो ट्याक्सीले पुर्याउछ ठमेल
त्यतै तिर भौतारिउ, यदि त्यता भएन भने
टङ्गाल तिर जाउला
त्यता हामी जस्ता
नवनिर्मित कलाकार धेरै भेटिन्छ्न् ।।
Read More From Suvash Chaulagain:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

