गाँसिएका सम्बन्ध  | Nepali Poem | Susan Chaudhary [Offline Thinker]

Susan Chaudhary

ताते-ताते बामे पाइलादेखि तँ-तँ र म-म गर्नेको सम्बन्ध

लुकामारी खेल्दादेखि सँगै खाजा-खाना खाएको सम्बन्ध

आमाका अन्गिन्ती गाली र बुबाको कुटाइ, सँगै खाँदै गर्दाको सम्बन्ध

लुच्छाचुँडी-भुतालाभुताल अनि मायासाइनोका सम्बन्ध

सालौँ सालदेखि गाँसिएका अटुट सम्बन्ध

दाजुभाइ-दिदीबहिनीको सुनौलो सम्बन्ध ।

 

एक टुक्रा बिस्कुट भाग गरी दुई बाँडी खाने सम्बन्ध

ठूलेको लुगा कान्छोले पाउँदा हाँसीखुसी रमाउने सम्बन्ध

ठूलाबडा हो ढोग गर् भन्दा भागेर ढोका पछाडी लुक्ने सम्बन्ध

बिनाकारणको गल्तीमा एक अर्कालाई फसाइ गोदाइ खुवाएका सम्बन्ध

ठट्टामा कुकुरबिरालो कहलिने प्यारो सम्बन्ध

दाजुदिदी भाइबहिनीको अपार सम्बन्ध ।।

 

खुसीका पलदेखि दुःखका आँशु पुछिदिइएको सम्बन्ध

प्राणभन्दा माथिको, बहुमूल्य प्रणयिक अद्वितीय सम्बन्ध

सबको उपर- सम्माननिय, योग्यवान, भाग्यवान र सर्वक्षेष्ठ सम्बन्ध

धागोको गाँठोदेखि सप्तरंगिन टिकाले बाँधिएको सम्बन्ध

सारा संसारले नमाने नि एकअर्काको भित्री मन बुझ्ने सम्बन्ध

दिदीभाइ दाजुबहिनीको अंतरआत्मिय सम्बन्ध ।

 

सयौँ कोस पर टाढिएका या पल्लो कोठामा रिसाइरहेको बीचको सम्बन्ध

दैनिक कुराकानी बिना पनि दिनकै सम्झिरहनेको सम्बन्ध

शब्दमा गाली, भावमा माया छरिरहनेको सम्बन्ध

सबले डाहा गर्ने, सबले खोज्ने, सबले नपाएको अमूल्य सम्बन्ध

सदैव साथ रहि रहोस् दाजुभाइ दिदीबहिनीको सम्बन्ध ।।

सदैव साथ रहि रहोस् दाजुभाइ दिदीबहिनीको सम्बन्ध ।।

-Susan Chaudhary

 

Photo by Jessica West

Also Read:

: I can feel the rain | Poem by Susan Chaudhary

: हजार सपना बोकेकी मेरी आमा | Story by Susan Chaudhary

: धनाढ्य धनकाजी । कथा । सुसन चौधरी

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

administrator
Susan Chaudhary: founder, and writer at Offline Thinker. A good listener who loves to edit videos, travel, write, and try new hobbies.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *