वर्षाको गन्धले दिँदै छ नशा
एकछिन अगाडि रुक्यो पानी,
फेरि तयारी चाउचाउझै छ तयार बादल ।
भ्रामक आकशमुनीको भौतिक संसार,
भौतिक संसारको जीवन भन्ने खेलको
सहभागी म
२६ लेभलको स्टेजमा खेल्दै ।
फेर्दै असर्फी जस्तो श्वास
जीवनको खेललाई बनाएर तास
हारीसके असर्फी
हार्दैछु असर्फी
सक्किन्छ क्यारे असर्फी ।
सोच्दैछु कार्यलयको कोठाको
बनेर कैदी ।
एक्कासी मोटा मोटा
जल गोलीको प्रहार,
बादलको तोपबाट
पृथ्वीलाई रणभूमि बनाएर ।
लुक्दैछन् होला सबै गोलीबाट बच्न ।
मेरा कानमा ठोक्किन्छन्,
मानिसका अवाज,
पानीको आवाज
टिनबाट भएर प्रतिविम्वित,
मेरा कानमा निरन्तर ब्याक फ्लिप गर्छ
जिम्नास्ट जस्तै ।
प्याकेट खोल्दा हावासँगै
प्राप्त हुन्छ लेज ।
लेज मुखभित्रको सेतो किजहरुमा पर्दा,
निस्केको म्युजिक कानमा बज्छ ।
म्युजिक सक्कियो ।
वर्षाको गन्धले दिँदै छ नशा,
एकछिन अगाडि रुक्यो पानी ।
फेरि तयारी चाउचाउझै छ तयार बादल ।
म कोठाभित्र छु आफ्नो
तर पानी पर्दा यो पाली
मेरो गाला भिज्छ ।
Photo by Caique Silva from Pexels
Read More From Nidesh Acharya:

