तराई हिमाल पहाड
त छाड, म छाड
म भने लाउछ कछाड
भात जोर्नै खिइन्छ्न हाड
कसरी चड्नु म पहाड
कहिले पुग्नु म हिमालको काख
तराईको रापमा
पशिना भै बग्छ्न् अमृत
तर मलाई थिच्छ्न
रित, थित र व्यवस्थितले
र म मात्तिन्छु हर रात
क्या गर्दछौ बात
कहिले हसिया हतौडा समात
कहिले हरियो रुखको छाहरीमा बसी
सुसेली हाल्दै गर वादको बात
सूर्यले पोल्छ रातमा
दिनमा निदाउछ
म त भानुको गीत गाउछ
भानु प्रकाश लिइ जरुर आउछ
मलाई हसिया हतौडा समात्न नलाउ
मलाई हरियो रुख नदेखाउ
म मूर्ख हुँ
म रुख चडि हाङामा बसी
त्यहि हाङा काट्ने कालीदाश हुँ
मेरो अघि सूर्यको भविष्यवाणी नगर
म भानुको भक्त हुँ
यस्तो लाग्छ कि
म भानु भक्त आचार्य
मेरो नाम फेरु
र लेखुँ
तराई हिमाल पहाड
तराई – भानु
हिमाल – भक्त
र पहाड – आचार्य ।।
-Suvash Chaulagain
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

