हाम्रा साहसी देवीहरुलाई सलाम
छोरी भएर जन्मनै लाग्दा भ्रुण हत्या गरेर फ्याकिन्थे छोरीहरु । जन्मि हाले पनि छोरा स्कूल, छोरी भात भान्सामा सिमित हुन्थे । बाबा आमाको निक्कै संघर्ष पछि बल्लबल्ल पढ्न पाएका छोरीहरु स्कूल जाने बाटोमै बलात्कृत हुन विवस हुन्थे ।
त्यही समयमा एउटी साहसी आमाले आफ्नो कोखबाट १०-१२ वटी छोरीलाई जन्माइन । हुन त त्यो समयमा परिवार नियोजनको साधन नभएर एउटै आमाले १२ देखि १५ जनासम्म सन्तान जन्माउथे ।
आफू मैनवत्ती पग्ले सरी पग्ली रहन्थे सन्तानको पालन पोषणमा । यस्तो परिस्थितिमा एउटी आमाले आफ्ना सबै छोरीलाई शिक्षित बनाउनु निक्कै चुनौती सहनु पर्थ्यो । साहसीले मात्र सहेर पढाए बाँकी त सानैमा विहे गरी छोरीलाई घरजम गराउथे ।
ती साहसी आमा त अहिले विरलै जिवित छन् तर तिनका ती छोरीहरु अहिले कोही नर्स, कोही डाक्टर, कोही राज्यका अभिन्न अंगहरुमा रहेर अहिले काम गरिरहेका छन् । अझ झहिलेको परिस्थितिमा कोरोना महामारीमा नर्स छोरीहरुले देखाएको अदम्य साहसले समाजमा निकै फरक मानसितकता बनाइ रहेको छ ।
कुनै दिन तिनै नर्सहरुलाई घरडेराबाट निकाल्ने घरबेटीहरु छोरी पढाएर अर्कैका लागि भन्ने समाजहरु, आज तिनै बहादुर नर्सहरुलाई फूलमालाले पूजा गरेको देख्दा ती नर्सहरुको आँखामा हर्षको आशु सिवाय बोली निस्कन सकेको छैन ।
आफ्ना खुशीका भावना व्यक्त गरेर खुशी साट्ने ती आमाहरु आज दुनियाँमा जिवित नहुँदा निशब्द छन् । नर्शहरु, सरकारी, गैरसरकारी निकायमा गरेका सफलता खुसी बाड्ने आमा बिना तडपिएका छन् छोरीहरु । तर समाजमा आज ती छोरीहरुलाई हेर्ने दृश्टिकोण बदलिएको छ । उनले ती साहसी छोरीहरुलाई समाजको देवी भनेर पूजा गर्दै छन् । नर्स तथा सरकारी, गैरसरकारी क्षेत्रमा कृयाशी असल र सफल सबै छोरीहरु आज देवी भएको देखेर कसलाई पो खुसी लाग्दैन र?
त्यसैले उठ सम्पूर्ण छोरीहरु, देखाउ आफ्नो साहसहरु । आज नेपाल आमालाई तिमी जस्तै साहरी छोरीको खाँचो छ ।
नेपाल आमाको लागि कसैसँग नराम्रो सम्झौता नगर्नु । कसैसँग नझुक्नु । कसैको वहकाउमा नलाग्नु किन कि आज तिमीलाई जन्माउने आमालाई, नेपाल आमालाई बचाउने जिम्मा तिम्रो काधमा आउँदै छ ।
हे देवी हो ! अब हरेक क्षेत्रबाट जाग र गर आमाको सेवा । हैन भने दाजुभाइले त नेपाल आमालाई टुक्रा पारी अंश वण्डा गरेर जीवन भर राजनीति गरिरहने छन् ।
हे देवी हो, अन्याय हुनबाट आमालाई बचाउने अभिभारा तिम्रो । उठ देवीहरु उठ । देखाउ आफ्नो साहस ।
उठ देवीहरु ।
तिमीलाई सलाम छ । नडग्नु कदापी कठीन मोडमा पनि उठ देवीहरु । नफस्नु मायाजालमा कहिले, नपर्नु लोभलालचमा कहिले, तिमी नोटमा नबिक्नु, नारीत्व भुल्नु । आफ्नो अडानबाट कदापी नहट्नु ।
तिनै देवीहरुलाई कोटीकोटी प्रणाम छ । पलपल सलाम छ ।
Get in touch with us for more Articles and Writings. We regularly post on our Facebook, Twitter, and Instagram