अंगेनामा बलेको आगो
धेरै भयो भेट हाम्रो नभाको।।
धेरै पछि भेट भाको आजै हो
नभेटेसी बोल्न नि लाजै भो।
अर्को ग्रुपले गीत थपिहाल्यो-
यो मायाले दिनु दियो धोका
अब मलाई कसैले नरोक
पानी पर्यो रिमी र झिमी
म भनेर बसेको खोइ तिमी ?
यसैबीच सबैलाई चढाउनका लागि कोटेश्वरमा रोकिएको बसभित्रैबाट गुन्जियो-
मेरो माया काँ पुग्यो भनी
बसमा चढी हेर्दैछु म पनि….।
कोटेश्वरमा सबैजना भेटेपछि ख्याल ठट्टा गर्दै शुरु भएको थियो हाम्रो यात्रा
केही दिन अघि ८ जनाको टोली काठमाडौंको टोखास्थित झोरको बौडेश्वर झरना घुम्न जाँदा विछिट्टै रमाइलो भएको सम्झिँदै यसपाली मन्दिरहरु घुम्न जाने फेरी योजना बन्यो। यसपटकको यात्रामा केही साथी थपिए भने कोही नजाने भए।
हामीले यातायात र खाजावापत प्रति व्यक्ति १ हजार रुपैया उठाएका थियौं। दिनभरी घुमाउने भन्दै गाडीवालाले आठ हजार रुपैया लिने भएकोमा हामीले थप मन्दिर पनि जाने भने पछि एक हजार अरु गाडीलाई थपेर ९ हजार दियौं। त्यसपछि ललितपुर, भक्तपुर, काभ्रे, र धुलिखेलसम्मका मन्दिर घुम्ने टुंगो लाग्यो।
को-को जाने भनेर अलिअलि हल्ला मात्रै के गरेका थियो १३ जनाको ठूलै समूह भएछ। श्रावण २४ गते विहान साढे ८ बजे सबै जना कोटेश्वरमा जम्मा भयौं। सबैजना रमाउदै गाडी चढेपछि अन्ताक्षरी खेल्दै अगाडि बढेको हाम्रो गाडी ललितपुरको सातदोबाटो हुँदै सन्तानेश्वर मन्दिर तर्फ मोडियो।
गाडीभित्र सुरिलो स्वर सुनेर सडकमा ओहोरदोहोर गर्ने अन्य गाडीका मानिसले हाम्रो गाडीलाई फर्कीफर्की हेर्न थाले। साथीहरुलाई के चाहियो र! झन मच्चि मच्चि गाउन थाले। एकै छिनमा हाम्रो गाडी ललितपुरको सन्तानेश्वर मन्दिरको प्रवेशद्वारनिर टक्क रोकियो। साथीहरुले गेटबाट माथि कैलाश डाँडामा रहेको मन्दिर देखाउँदै भने उ ‘हेर ! त्यहि हो सन्तानेश्वर मन्दिर। विनिता तिमी यहाँ कहिले आएकी छौ?’
मैले ‘छैन’ भनेर टाउको हल्लाएँ।
तलैबाट देखिएको सुन्दर दृष्यलाई मोबइल र नाङ्गो आँखामा तस्वीर खिच्दै थिए म। उता साथीहरु मलाई छोडेर एक्कै छिनमा भर्याङ उक्लिन भ्याई सकेछन्। माथिबाट कराउदै, ‘ए आउ है छिटो पो भन्न थाले बा। सानोमा गाउँको नजिकै रहेको जंगलमा चुत्रो खान जाँदा आँखाबाट छलिंदा दिदी-भाउजुले कराएर बोलाएको सम्झिएँ। साथीहरुको आवाज कानमा गुन्जिरह्यो म गाउँको जङ्गल सम्झिँदै-सम्झिँदै भर्याङ उक्लिएँ।
सन्तानेश्वर मन्दिर:
म सन्तानेश्वर मन्दिर पहिलो पटक गएकोले मलाई यसबारे जान्न इच्छा जाग्यो। साथीहरुले ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा रहेको यो मन्दिर वडा नम्बर १३ झरुवारासीस्थित कैलाश पर्वतमा रहेको बताए ।
सातदोबाटोबाट करिब ६ किलोमिटर दक्षिण पूर्वमा रहेको यो मन्दिर चापागाँउ, ठैब, बाडेगाँउ, र धापाखेलबाट जोडिएका सडक सञ्जालबाट पनि पुग्न सकिने रहेछ। मन्दिर रहेको कैलाश पर्वतको शिखर समुन्द्री सतहबाट १५०७ मिटरको उचाइमा रहेछ। एउटी साथीले सिढी उक्लिदा उक्लिदै सिंडीको खुड्किलो पनि गन्न भ्याइ सकेछिन्। हाँस्दै भनिन्- ३६६ वटा सिंडीको खुड्किलो रहेछ। डिजाइनरको कति बैज्ञानिक सोचाइ सायद फेदबाट मन्दिर सम्म पुग्ने ३३६ भर्याङ वर्ष दिनको प्रतिक रहेको अनुमान लगाँए।.
अनि अर्कीले भनिन् ‘हेर्दा हेर्दै हामीले एक सय मिटर उकालो चढ्न भ्याए सकेछौ है।’
हामी सबै हर्ष विभोर भयौ। सन्तानेश्वर मन्दिर रहेको शिखरलाई कैलाश पर्वतको शिखर भन्दा रहेछन्। अनि सन्तानेश्वर महादेव कैलाश पर्वतको शिखरमा नै विराजमान रहेछन् भन्ने थाहा पाए पछि म चाइनाको मानसरोबर कैलास पर्वत पुगि साकेको मान्छे आफ्नै मातृ भूमिको कैलाश पार्वतमा किन ढिलो गरेको होला भनेर आफै सँग प्रश्न गरे ? अनि आफैलाई सम्झाए चाइनाको कैलाश पर्वत जान उक्साउने यिनै साबित्री मेरी साथी नभएको भए आजको यो मौका पनि कसरी जुरथ्यो र ? अनि मैले आफूलाई भाग्यमानी न भनेर के भनुँ त भन्दै कैलाश पर्वतबाट आँखाले देखिने सम्मका मनोरम , सुन्दर ,हरिया मनमोहक डाडाकाडालाई आँखा र मनमा कैद गरे। मनले अझै धेरै जान्न चन्चल भइ रहेको थियो ।
दुई तल्ले यो मान्दिर प्यागोडा शैलीमा बनेको रहेछ। मान्दिरभित्रै सानो मान्दिरको गर्भ गृहमा सन्तानेश्वर महादेवको शिला स्वरुप देखिन्थ्यो। सोध्दा थाहा भयो महादेवको ती शिला स्वरुपलाई सन्तानेश्वर महादेव, पार्वती र गणेश भनेर पूजा गारिने रहेछ।
अलि पर रहेको शिला देखाउँदै साथी सावित्रीले भनिन्, ‘त्यो शिलालाई बासुकी नाग भनिन्छ।’ अनि अर्को दुई वटा शिला देखाउदै रतिले भनिन् ‘यो दुई वटा शिलालाई चाँही नन्दी र भृङीको स्वरुप मानेर पुजिन्छ।’ साथीहरुसँग यति धेरै जानकारी पाएपछि मन्दिरको एक फन्को लगाउने क्रममा स्वस्थानी मन्दिर, काल भैरव, , हनुमान, वसाहा, गणेश, सरस्वती, दुर्गा, कृष्ण, विष्णु, चौसठ्ठी शिवलिंग लगायत विभिन्न देवी देवताका मुर्तिहरु देखेँ। सबै विशेषताबारे मोटामोटी बुझेँ। निःसन्तानलाई सन्तान र सन्तान हुनेलाई आशर्वाद र कृपा का साथै सुख शान्ति, सम्पति र स्वास्थ्य लाभको कामनाका लागि श्रधालु भक्तजनहरु यो मन्दिर आउने रहेछन्।
मन्दिरमा मेला लाग्ने दिनः
कुराकानीका क्रममा सन्तानेश्वर महादेवको मन्दिरमा बोलबम (श्रावणी मेला), हरितालीका तिज, ऋषि तर्पणी, (रक्षा बन्धन) दशैँ, तिहार वाला चतुर्थीका दिन शतवीज छर्ने, माहापुराण, (स्वस्थानि व्रत मास) महाशिवरात्री, अक्षय तृतीया, र गुरु पुर्णीमाका दिन मेला लाग्ने कुरा पानि थाहा पाएँ।
यसैगरी मन्दिरमा निरन्तर धुनी जलाइदो रहेछ भने नियमित पूजा, आरती, शिव भजन, दैनिक रुद्राभिषेक,रामायण पाठ लगायत साईराम भजन कीर्तन पनि गरिदो रहेछ।
काठमाडौ उपत्यकाको बस्ति तथा वरिपरिको सुन्दर र मनमोहक दृष्यालोकन तथा आकर्षक पहाड, पर्वत र हिमालका श्रृंखला देखिने कैलाश पर्वतमा जडीवुटी, फलफूल आदी पाइने रहेछ।
हेरेर नथाकिने यस ठाँउमा लोक्कल बसबाट पनि पुग्न सकिन्छ।
पर्यटनमा रूची राख्ने जो कोहीलाई सजिलै आकर्षित गर्न सक्ने, हाइकिङ र योग गर्नेका लागि पनि उपयुक्त स्थान रहेको सन्तानेशवर तपोभूमिमा प्रकृति प्रेमी र पर्यटकीय दृष्टिकोणले जान्न खोज्नेको लागि अत्यन्त उपयुक्त स्थान लाग्यो।
घुम्ने क्रममा मन्दिरको पुरा क्षेत्रफल १५० रोपानी रहेकोपनि थाहा पाँए। हामी मध्य धेरै साथीहरु यस अघि यो मन्दिरमा पुगि सकेकाले फटाफट मन्दिर दर्शन गरेर सिध्याए। मेरो पहिलो पटक भएकोले सुन्दर, मनमोहक र रमणिय दृश्यावलोकन गरेर आँखा अघाएका थिएनन्। १५ वर्ष अघि पाठ्यपुस्तकको किताबमा पढेको मन्दिर आँखा अगाडी देख्दा सपना झै लागिरहेको थियो। साथीले ‘हेरेर पुगेन? धेरै ठाँउ घुम्न छ यसरी अलमल गर्न हुदैन छिटो जाम।’ भनेर कोट्यापछि भर्याङ ओर्लिएर हामी अर्को गन्यव्य तर्फहानियौँ।
अब हाम्रो गाडी सात दोवाटो हुँदै भक्तपुरको सूर्य विनायक मन्दिरतर्फ मोडियो। यात्रा अतेन्त ज्ञानमुलक र मनोरनजनात्मक भएकोले बाटोमा पर्ने सडक छेउमै आफ्नो घर पनि देखिन।
क्रमश……
Read More From Deokhurni:
‘बुहारी तिमी पढ, मेरो छोराले खाना पकाउछ’ | Father’s Day | Deokhurni
Read More From Deokhurni:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com