समयको हावा | Nepali Poem | Kundan Sinha

समयको हावा चल्दछ
अनि जिन्दगीको पाना खुल्दछ
रूखको सुकेको हाँगामा
एउटा चराले पँखेटा फिजाउँछ
घामले त्यसलाई सुम्सुम्याउँछ।
 
सयौँ वर्षदेखि दबिएको सपना
सर्सराउँछ
कहीं भित्रबाट सुँकसुँकाएको
आवाज आउँदछ
सुन्दछु केही सरिरहेछ
आस्ते आस्ते…
 
उदासीको पर्दा उठाएर
बाहिर हेर्छु
आकाशको चादर टंगिएको छ
घाममा
हावाको कुनै आहट छैन
निधारमा पसिना पुछ्दछु
 
केही फूल फूलेका छन्
आँगनमा
सापटीको सपना रोपेको थिएँ
सुकेछ
काँटिला झार उम्रिएका छन्
बारी भरी
 
जिन्दगी
बस, एक किताब हो
कालो अक्षरमा खुल्दछ
यसैको अनुसार
जिउँदछु, जिउँदछु
अन्तिम पाना सम्म…

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *