गुरु-कविता | Jivan Pande [Nepali Poem on Teachers’ Day]

teacher's day Nepali Poem
अध्यारो हुन्छ जीवन नपाए मैले शिक्षा
सिक्दैछु हजुरसँग म मागी ज्ञानको भिक्षा
नमन गरे हजुरलाई दसै औंला जोडेर
सधैँ आदर गर्छु हिड्ने छैन म बाटो मोडेर ।



गुरुलाई देवतासमान मानिरहेको छु मैले
गुरु पूर्णिमामा पुनः मान गर्दै छु अहिले
कहाँ पाउथेँ होला र मैले यस्तो ज्ञान
हजुरहरुले नदिएको भए सधैँ ध्यान
दिनु भा’छ अनेकौँ ज्ञान, सभ्यता हजुरले
शिखर चुम्ने ठूलो आँट बोकेको छु मैले ।
(२१ औँ शताब्दीमा)
बाठाका जमातमा हुने थे म लाटो
नदेखाउनु भएको भए ज्ञान दिइ बाटो
दिनु भा’छ अनेकौ ज्ञान, सभ्यता हजुरले
शिखर चुम्ने ठूलो आँट बोकेको छु मैले
दिनु भा’छ अनेकौ ज्ञान, सभ्यता हजुरले
शिखर चुम्ने ठुलो आँट बोकेको छु मैले ।



मेरो लक्ष्य, ज्योति हजुरबाट भयो सुरु
हजुरहरुलाई बिर्सन्न म कहिल्यै गुरु
कसरी दिऊ शब्द छैन धन्यवाद म हजुरलाई
सबै सामु चिनाउने छु नामी बनी आफूलाई
अध्यारो हुन्छ जीवन नपाए मैले शिक्षा
सिक्दैछु हजुरसँग म मागी ज्ञानको भिक्षा ।
-Jivan Pande
-Nepali Poem on Teachers’ Day

Read More Nepali Poem at Offline Thinker:



Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 



Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *