आउनुको कविता | Nepali Poem by Pallawib

Pallawib offline thinker nepali poem
आउनुको कविता;
हल्लाहरु….यो जुनीको
त्यसै हराएर
खै कुनी कता ??
भित्र कतै बज्न थाल्यो
सुनसानमा….
एउटा चुपचाप गीत ।
ओइ लाटी,
तँ यस्तो आइस नि ??
गोरेटो बादल भयो
आकाश…एउटा मिठास नक्सा
रहर सागर भयो
मुस्कान चाँहि अलि तलको त्यो रातो गुरास ।
कस्तो आँखा जुजाको ??
सित्तल हावा चलने गरि !!
मुटुनै ढुक ढुक गर्ने गरि !!!
संसारै टक्क अडिने गरि !!!
हजार घाउहरू भरिने गरि !!
हामीले उता हेर्नु अघिको त्यो दुइ सेकेण्ड
हजार सपनाहरु जस्तै लाग्ने गरि ।
हिहि
तँलाई के थाहा?
तँ हाँस्दा नि
तँ हाँस्दा हौ…
कपालहरू खोलेर
सुलेलली मारदै
यो मायालु पृथिविमा बिन्दास उड़्दछ
हुरुरुरु…..बौली बतास !!
ओइ लाटी
तँ यस्तो आइस नि ??
तँ यस्तो आइस नि ??
तँ यस्तो आइस…
“कहिले नजा ल” ??
भन्नु पो मन लाग्यो ।।
-Poet is a filmmaker & Part Time Poet.
He was the finalist at ‘The Poet Idol’ and is currently working as an assistant director in ‘The Poet Idol (Season II)’

 

Read More Nepali Poem :tchi

क बाट कलम ! जनक कार्की | Offline Thinker

You may also like:

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *