झरी
आज फेरि झरी पर्यो अनि
मेरो मानसपटलमा रहेका तिम्रा याद
दुबो मौलाए सरी मौलायो
यो झरीमा रुझ्दै भिज्दै म
फेरि तिम्रो सम्झनाको संसारमा पुगे
त्यो संसार, जहाँ तिमी अनि म
सँगै बस्ने वाचा गरेका थियौं र
त्यो संसार ,जसलाई लावारिस छाडेर
तिमी फर्किएकी थियौं
आजकल तिमी त्यता
जान्छौ कि जाँदैनौं थाहा छैन मलाई
तर म त्यहाँ बेला बेलामा गइरहन्छु
सधैं तिमीलाई खोजिरहन्छु
अझ यो झरी परेको दिन त
म तिमीलाई त्यहाँ भेट्न चाहन्छु
तिमीसँग बस्न चाहन्छु
अनि हामीले सँगै बिताएका दिन बाँच्न चाहन्छु
ती दिन, जब तिमी र म झ्यालबाट बाहिर
झरिलाई हेर्दै, आउने त्यो चिसो बताशलाई छल्न
एक अर्काको न्यानो स्पर्शमा बेरिएका थियौं।
ती दिन, जब तिमी चम्किएको बिजुली र
गर्जिएको बादलको आवाज सुनेर
तर्सेर मलाई कसेर अंगालो हाल्थ्यौ र
मेरो धड्कन महसुस गर्थेउ
मैले एकदिन भने ‘पुकु चिया खाउँ न’
अनि
तिमी मेरो अंगालो बाट छुटिदै
अलिकति मुस्कान सहित
मलाई आफ्नो आँखामा भर्दै
उत्साहित आवाजमा भन्यौ ‘तिमी बनाऊ न’
र असमञ्जसमा परेको मेरो मुहरको चित्रण हेर्दै
खित्का छाडी हाँस्दै, मेरो हात तानी
भान्सामा चिया बनाउन लग्यौ
अनि फेरि तिमी र म त्यही झ्यालमा
त्यसरी नै बसेर चिया पिउन लागेउ
त्यो चिया साच्चै मिठो थियो,
त्यसमा अलिकति हाम्रो प्रेम पनि मिसिएछ क्यारे।
याद छ, एकचोटि तिमी र म रुझ्दै भिज्दै
यस्तै झरीलाई जित्ने होडमा थियौं
अनि साँझ पख
खुल्ला आकाशको पश्चिम कुनामा
डुब्दै गरेको रातो सूर्यलाई पछ्याउँदै
चिसो हावा गालामा महसुस गर्दै
भिजेका सडकमा डोबहरु हेर्दै
एउटा प्रेमील दिनको अन्त्य गर्न जाँदै थियौं।
आजकल बर्सात पछि आकाश खुल्दैन
मेरो मन डुब्न लागेको सूर्य खोज्दैन
अनि आँखा, वर्षात पछिका डोब खोज्दैन
तर,
म आजपनि झारीलाई त्यसरी नै हेर्छु
तिम्रो न्यानो स्पर्श त्यसरी नै खोज्छु
चिया म आजपनि पिउँछु,
तर त्यसमा त्यो मिठास छैन
सायद अब हामी बीच त्यो मधुरता रहेन।
केसी हे? ठीक?? | Hindi Poem by Aditya Bhusal
कैसी है, ठीक है ना तु?
बाद याद आई तुमहरी
तो सोचा कुछ लिखा हि दु
रंगीन हामारे सपनोको कागज में
Black and white कर ही दु।
फुर्सद हो तो थोडा पड लेना इसे
लिखा है सिर्फ उनहि यादो को
जो जिकली है दिल्से
कुछ रञ्ज सी रेह गै दिलमे
और कुछ सिखना है तुमसे
क्या तुम मुझे सिखाओगी
कि प्यार करके भूल कैसी जाते है
क्या तुम मुझे सिखओगी
कि बिना याद करें दिन कैसे कटाते है
तुमको तो आता ही होगा,
इत्ने महीने से कर रही हो
भुलकार मुझको तुम
उसकी बाहो में जी रही हो
मेने भी सोचा कोई नई ही ढुडलु
फिर सोचा पेहले तुम्को तो भूल लु
भुल्ने कि कोशिश हजार कि मेने
भूल भी चुका था तुमकाे कि
Insta मे फोटो डाल्दी तुम्ने
भुलाए नहीं भुल्टी अब तो
ऐसी याद बन्गई हो तुम
जिन जाख्मो से भी में प्यार करता
ऐसी बात बङ्गै हो तुम
जिस अन्धेरे का में जिक्र करता
ऐसी रात बन्गई हो तुम
ना भूल सकता हु ना याद राख्ता हु
पता नहीं कैसी आदत बन् गई हो तुम
याद हे तुम्हे जब मुझे मर्ती थी तुम
कभी कभी प्यार से सेहलाती थी तुम
जब भी मुझे दर्द होगा जुबा पर आती तुम
क्या ही दोस्ती थी हमारी क्या ही था वो प्यार
आज तुमहरा नाम भी सुनलु तो दर्द बोहोत होगा है यार
लेकिन लेकिन
आज भी मैं तुमहारी नई DP का इंतजार करता हूँ
भले वो उसके साथ हो, लेकिन ऐतवार राख्ता हु
तुमहारी हर story काे देख कर मुस्कुराता हु
तुमने जो सिखया है,हर दिन उस धुन को गाता हु
सायद तुम भूल गई मुझे
लेकिन मैं आज भी तुमको उत्ना ही प्यार करता हूँ
सायद उस से ज्यादा करता हु।
Read More Nepali Poem From Aditya Bhusal:
https://offlinethinker.com/aditya-bhusal-nepali-poem-maahol/
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

