माफी | Nepali Poem | Subash Adhikari

Aayush Pandey

बिन्ती तिमी अब नबोलिदेउ मसँग
म पनि हृदयमा ढुंगा राखी नबोलाउला तिमीलाई
तिमीलाई बिर्सिन अथवा विस्मृत हुन म यो भन्दै छुइन
न त तिमीलाई घृणा र उपेक्षा गर्न नै
म त केवल यि यावत बाधक भावनाहरु बाट स्वतन्त्र हुन चाहन्छु
जुन भावनाहरूले तिम्रो सामान्य हासो मजाक लाई माया सम्झिन्छ
जुन स्मृतिका पानाहरुमा यो मन अल्झिन्छ
म अब सबै प्रकारका भावनाहरुबाट स्वाधीनता चाहान्छु
मलाइ लाग्छ सायद म पराधिन भएर तृप्त भै सके
र अब म तृप्तिका नयाँ आयमहरुको खोजिमा छु
हृदयमा उज्यालोको खोजिमा छु,
क्षमा गरिदेउ म तिम्रो बाध्यता भएर बस्न सकिन।

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *