जिन्दगी र भोगाइ | Deepika Regmi

Deepika Regmi

म बालपनको याद खोज्दै गए ।

साथीहरु हैसियत खोज्दै गए ।
एक साझँ १ वर्ष पहिले खोलिएको मेसेन्जरको ग्रुपमा कुनै साथीले मेसेज गर्नुभयो। सिन गर्ने ५० जना मध्य उत्तर दिने दुइजना मात्र थियौं ।  मनमा चिसो पस्यो। के फाइदा त्यो मित्रताको आज मेसेज सिन मात्रमा पुगेको छ।
कुरा चल्दै थियो पुनर्मिलनको। तर त्यो कुरालाई पनि धेरैले चासो दिएको मानिन।
त्यसै मध्ये धेरै जसो साथी पढ्न र कमाउन विदेश लागिसक्नु भएको रहेछ। कुनै साथि विदेशको बसाई पछि नेपाल फर्किनु भएको रहेछ। समूहमा ३५ जना साथीहरूको भेट हुने देखियो ।
कक्षाका पहिलो श्रेणीमा आउने सबै जनाको उपस्थिति थियो ।
आउनेहरु गाडी, बाइक र पब्लिक यातायातमा आएका थिए ।
बालापनमा लाग्थ्यो प्रथम श्रेणीमा आउने हाम्रो साथीले नै गाडी चढ्छ्न्। महँगो समान प्रयोग गर्लान्। तर अवसोस् उनीहरु जीवनको परिक्षामा विद्धालयमा जसरी सफल हुन सकेको रहेनछन्। मैले अनुमान गरेको अनुसार साधारण विद्यार्थी पनि पढाई बाहेकबाट धेरै प्रगती गर्न सक्दा रहेछ्न्।
त्यहाँ आउने मध्य मैले महिला साथीहरु पनि खुसी देखेँ। उनीहरुमा रुपको घमण्ड क्याम्पसमा भए जस्तो मानिन। सायद जीवनले पाठ पढाई सकेछ साथीहरुलाई।
गणितमा कम्जोर भएकाले राम्रो किसानी गरेर खाएका रहेछ्न् । कक्षा कोठामा सबैलाई हसाएर रमाइलो गराउने साथीले कलाको लाइन समातेछ्न् । कक्षामा राम्रो अंग्रजी भएको साथी प्रोफेसर भएछन् । कक्षा बाहेक गतिविधिमा र अन्य क्रियाकलापमा अब्बल रहेका मित्रहरूले लोकसेवामा नाम निकालेछ्न् ।
अलिकति धनको शेखी झार्ने साथी अरब तिर बसेर फर्केका रहेछन्। घरमा नै कुखुराको फर्म खोलेर बसेका थिए। कक्षामा अन्तिम हुने साथी आफ्नो बुबाको व्यापार सम्हाली धनी भएका देखियो।
गफ गर्दै जाँदा पूर्व प्रेमीहरु त्यस जमघटमा भेठ्न पुगेँ। मैले उनीहरुको मुहारमा एक मन्द मुस्कान बाहेक केहि देखिन।
अनेक साथिहरुको अनेक नौलो रुप देखेँ। मैले आज देखेको र भोगेको अनुसार निस्कर्षमा पुगेँ कि मार्कशिट र जीवनमा मात्र केहि फिट हुने रहेछन्। मानिसको मेहनेत, लगनशीलता र भाग्यले जसको पनि रुप परिवर्तन गर्न सक्छ ।
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *