नआउदा हुन्छ म सँग, घरमा खाना छैन !!
भिज्दै बस्ने गरेकोछु, ओत लाग्ने घरको छाना छैन!!
धेरै होलान तपाईंहरू सँग, बहुमुल्य कपडाहरु,
पुरानै भएनी दिनुहोस् न , जिउ ढाक्ने नाना छैन!!
कति जोखिसक्नुभयो मन्त्री ज्यु, बिदेसी सुनहरु ,
औषधि किन्नलाई मकै बेच्नु छ, घरमा माना छैन!!
टोपी नै खस्यो राहधानी पुर्याउन जाँदा , घरहरु देखेर,
दुर्भाग्य नै भनौँ होला , धनीले कुट्दा उजुरी दिने थाना छैन!!
गनगन गर्छ नाति आज, गाना सुन्ने मोबाइल चाइयो रे,
थुमथुम्याउदै भनेको सम्झे मैले, गरिबले सुन्ने गाना छैन!!
(नआउदा हुन्छ म सँग , घरमा खाना छैन ! !
भिज्दै बस्ने गरेको छु, ओत लाग्ने घरमा छाना छैन!!)
-Gajal by Laxmi Prasad Chamlagain
Read More Nepali Poem at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

