कहानी भित्रको कहानी – Ankit Tripathi

मेरो बडेमान घरको
आँखिझ्यालबाट
मैले देख्ने सन्सार
मैले देखिरहने सन्सारभन्दा
फरक छ
सत्य त कबल मैले देखिरहने सन्सार हो
जुन नितान्त फरक छ अरुभन्दा
अलग छ हर व्यवहारको साक्षी
यी भित्ताका मिथ्याहरु
केही नदेखेझै गरिदिने
गुमसुम चुपचाप बसिदिने
मैरै रगतमा आफू रंगिदिने
मेरै आँसुले आफू नुहाइदिने
मनन योग्य छन् यी भित्ताका
कहानीहरु
कतै चर्किएको कतै भाच्चिएको
फगत ओइलाएको
मेरो अस्थिपन्जरले
बकाइदा निभाउने गर्छ
त्यो पात्रको भूमिका
उस्तै दुरुस्तै कहानीसँग मिलेर
निकै चाख लाग्दो बनेर
के बोल्न सकिन्छ र?
कहाँ भिडन सकिन्छ र?
जोडको तोड गर्न कहाँ सिकाइन्छ र ?
सिकाइन्छ त केबल नबोल्न
आफ्नो बोलिले पोल्छ भनेर
सिकाइन्छ त सहन
आफ्नै हो भनेर
आफ्नैले गरेको गल्ती
गल्ती हैन भनेर
सिकाइन्छ त केबल धुन निकाल्न
चुरा र पौजु बजाएर
अनि मनको चीत्कार
कहाँ सुनिन्छ र ?
सिकाइन्छ त केबल शरीर ढाक्न
लामो चोली लगाएर
अनि लुछिएको छाला
कहाँ देखिन्छ र ?
देखिन्छ त केबल जे देखाइन्छ
सुनिन्छ त केबल जे सुनाइन्छ
बुझ्न त खाली आफूले पर्छ
कहानीभित्रको कहानी
बडेमानको घरमा
खुम्चिएको मन लिएर
वचनको धार लुकाएर
एक बुहारीको
एक पत्नीको
एक आमाको
कसैको छोरीको
जय जयकार गरेको
कहानी
कहानी भित्रको कहानी
-Ankit Tripathi
Image by Free-Photos from Pixabay
Facebook Comments
I am law student and I love poetry.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *