पहिलो पत्र | Nepali Poem | Ankit Tripathi

समय धेरै बिताएपछि
तिमीले सजिलै बिर्सियौ
मनको अन्तरकुनामा गडेको
टुसा फ्याकिदियौ
निमोठेर च्यात चुत पारेर
हुर्याइदियौ, जुन हावाको वेगसँगै
हाम्रो साथको साक्षी
एक बडेमानको पहाड कटेर
सामुन्ने आउदै छ
कुनै छेद विछेद भएको मुटुको
हालचाल सोध्न
म उही गतिमा पठाउदै छु तिमीलाई मेरो पहिलो पत्र ।

माया, लेख्न धेरै जरुरी छ
समय छदै बुझ्न जरुरी छ
तिमी थोडी चिज न हौ, त्यसै बिर्सी जाँऊ
तिमीलाई मेरो, मलाई तिम्रो ,
संसारलाई हाम्रो
अत्यधिक जरुरत छ महसुस गर्नु पर्छ ।

माया, छाल नै छालमा डुबुल्की लाउछन्
शब्दहरु गह भरी अड्याएर
लेख्न मात्र सजिलो छ
गाह्रो छ त केवल भुल्न
सँगै हसाँएका बस्तीहरु ।
गाह्रो छ त थकाइ मार्न
सँगै चढेसी पहाडहरु
गाह्रो छ त अन्धकार हेर्न छुटेसी ।
जुन ताराहरु
कुराकानी गर्छन्
हाम्रो गन्तव्यको
बितीजाने प्रहरहरु
प्रतीक्षामा छन्
उही सबैको बिहानीको
थाहा दिँदै , तिमीलाई पठाउदै छु पहिलो पत्र ।
बाँकी धेरै छ
कहानी अनन्त यात्राको
लेख्न धेरै छ
टुक्रा टाक्री कागज सम्हालेर राखे
शब्द अझै बाकी छ
पठाउदै छु मेरो बचेकुचेको
आश आड भरोसा,
तिम्रो सुस्ताएको पाइलालाई
अल्झाएको समयलाई
तिम्रो अन्तिम पत्रलाई
जगाउदै मेरो पहिलो पत्र ।

-Ankit Tripathi

 

 

Read More Nepali Poem at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments
I am law student and I love poetry.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *