लक्ष्मी प्रसाद चँम्लागाई

Laxmi Prasad Chamlagain gajal

म धनी मान्छे | Gajal | Laxmi Prasad Chamlagain

नआउदा हुन्छ म सँग, घरमा खाना छैन !! भिज्दै बस्ने गरेकोछु, ओत लाग्ने घरको छाना छैन!! धेरै होलान तपाईंहरू सँग, बहुमुल्य कपडाहरु, पुरानै भएनी दिनुहोस् न , जिउ ढाक्ने नाना छैन!! कति जोखिसक्नुभयो मन्त्री ज्यु, बिदेसी सुनहरु , औषधि किन्नलाई मकै बेच्नु छ, घरमा माना छैन!! टोपी नै खस्यो राहधानी पुर्याउन जाँदा , घरहरु देखेर, […]

आशा सहितको जिन्दगी | Nepali Poem | Laxmi Prasad Chamlagain

भोको पेटलाई खानाको आश, सुन्दर सपनालाई मीठो निदरीको आश, छोरालाई राम्रो लुगाको आश , यही आशा बीच आउने गर्छ ! एक गरीब मानिसको जीवनी !!! एक छाक टार्न मुस्किल हुँदा हुँदै भोलि अर्को छाक टुप्लुक्क आइदिन्छ ! एउटा चाड राम्ररी मनाउन नपाँउदै ठूलो आशा सहित अर्को चाड टुप्लुक्क आइदिन्छ! ठूला-साना आशाका पाहाड झेल्दै चलिरहन्छ एक […]

दे भगवान | Laxmi Prasad Chamlagain

एउटा~ पृथ्वीनारायण दे भगवान। साथमा ~एक रावाण नि दे भगवान । पानी दाउरा भेला पारे मैले याहा, एउटा सलाइ, थोरै नुन त दे भगवान। व्हिस्की बियर धेरै खाए नेताले, अलिकति पञ्चामृत नि दे भगवान। आदेस चाहिन्छ रे तोप चलाउन, आदेस दिने बलभद्र नी दे भगवान । सडकबासी बनायो धेरैलाई आज, सानो एउटा झुपडी त दे […]

छिमेकी बा र सुर्ती | Nepali Poem | Laxmi Prasad Chamlagain

त्यो सानो झुपडी अनि पिल पिल मधुरो बत्ती अँध्यारो कुनाभित्र ठूलो बटुकामा कालो चिया अनि छिमेकी बा… र सुर्ती बिहानको त्यो मिरमिरे उज्यालो अनि हातमा खिया परेको कच्या र आधा फाटेको डोको अनि छिमेकी बा.. र सुर्ती खाली खुट्टाले भन्दै थियो अब तँ थाकिसकिस् तर त्यो आफ्नो छोरोको भविष्य निर्माणमा अझै पाइला चाल्दै आधा च्यात्तिएको […]