भोको पेटलाई खानाको आश,
सुन्दर सपनालाई मीठो
निदरीको आश,
छोरालाई राम्रो लुगाको आश ,
यही आशा बीच आउने गर्छ !
एक गरीब मानिसको जीवनी !!!
एक छाक टार्न मुस्किल हुँदा हुँदै
भोलि अर्को छाक टुप्लुक्क आइदिन्छ !
एउटा चाड राम्ररी मनाउन नपाँउदै
ठूलो आशा सहित अर्को चाड
टुप्लुक्क आइदिन्छ!
ठूला-साना आशाका पाहाड झेल्दै
चलिरहन्छ
एक गरीब मानिसको जिन्दागी !!!
सामाजिक परिवेश, मान मर्यादा
उसको इज्जत र स्वाभिमानसँग
खेलवाड भइरहेको छ जीवन!
त्यही जीवन जुन हर पल, हर घडी
स्वाभिमान, मान-मर्यादा, इज्जतको
भावना बचाउने आशा सहित
एक गरीब मानिसको जिन्दगी !!!
सुत्यो: महलको सम्झनाको आश !
उठ्यो: सुन्दर दिनहरुको आश !
गुन्द्रुक बनायो: मासुको आश !
खटिया हेर्यो : पलंङ र सोफाको आश!
यस्तै सपनाहरु बीच
एक गरीब मानिसको जिन्दगी !!
लाग्छ, मानिसको जीवन आशाले ओगटेको छ !
लाग्छ, भगवानले ‘आशा’ मात्रै दिएका छन् !
थाहा छ सबथोक हुनु नै जीवन हो ?
आशा नै जिन्दगीको वेग बनेर गर्जिन्छ?
जन्मदा नाङ्गो: जन्मन्छ मानिस !
मर्दा नाङ्गो: भएर जान्छ मानिस!
यस्तै आशासहित महल, मासु , पलङ, सोफा
र रमाइलो चाडको खोजीमा निस्कन्छ!
एक गरीब मानिसको परिवार !!!!
मन्दिरमा गएर ३ किलो घिउ चडाउनु
आशा हैन……………….. मुर्खता हो !
-nepali poem by Laxmi Prasad Chamlagain

