वियोगी | कविता | Ram Chandra Chaulagain | Offline Thinker

Ram Chandra Chaulagain

समयले खेलेको भाँडाकुटीको खेल सोचौँ,
या पात्रले गरेको अपराध?
कहानी अधुरो सोचौँ
या यसैलाई अन्त्य सोचौँ यात्राको?
प्रेमले खेलेको मायावी खेल सोचौँ,
या प्रेम नै खेल रहेछ भन्ने सोचौँ?
निकटतालाई प्रेम सोचौँ,
या प्रेमलाई निकटता?
प्रेमलाई भक्ति सोचौँ,
या कठोर भक्तिलाई प्रेम?
हे महाकाय, हे जगत पिता, हे केशव,
म मेरो प्रेमलाई प्रेम सोचौँ या घृणा?
म मलाई स्वयंको सोचौँ या गिद्द आँखा भएको समाजको?

-Ram Chandra Chaulagain

Image by nile

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *