अधुरो ख्वाबहरु पोको परेर गरुङ्गो भएको मेरो मस्तिष्क,
आगमनको असम्भव आस बोकेर चोकसम्म बढिरहने मेरो पाइलाहरू,
ऐना बनेर नयन अगाडि तेर्सिरहने बितेको दैविक रासलीलाहरु,
आत्मिय बनेर आत्मा चुँडेर फरार हुने तिम्रा शैतानी नियतहरु,
एक चित्त भई विगत नियाल्दा, एक शब्दमा कहानीको श्रदान्जली दिँदा,
घुमिरहेछ तिम्रो अत्तरको सुगन्ध मेरो शरीर भित्र नाग बनेर,
एक्लोपन र आफ्नोपनको बीचको दोबाटोमा उभिरहेछु, यात्रा बिर्सेको मुसाफिर बनेर,
तिम्रो बेरंगी विगत बनेर, त्यही बेरंगी विगतको अपराधी बनेर।।
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

