हेर न आज यो सागर झै निलो आकाश पनि कालो भएको छ,
हेर न मेरो यो एकान्तपनमा पनि आकाश आज हर्षित भएको छ।
हेर न त्यो थोपा थोपाले बनेको सागर झै सलिन यो गगनबाट आज थोपा थोपा अ्म्रित खसिरहेको छ,
हेरन यो टुक्रा टुक्रा भएको मुटु फेरि त्यहीँ टुक्रा-टुक्राबाट जोडिरहेको छ।
आज यो सितल बतासले नै गर्दा होला,
म आज आफूभित्रको क्रोध महसुस गर्न सकिरहेको छैन।
यो गज्रिरहेको बादलले नै गर्दा होला,
मसँग सधैं कुरा गरिरहने शब्दहिन वाक्यहरूको आवाज आज म सुन्न सकिरहेको छैन।
त्यसैले यो शुन्यताको लोभलाग्दो संगितमा आज मलाई नाच्न रहर लागेको छ।
यो झरीलाई आज कालो बादलको साथ, बिजुलीको साथ, अनि यो निश्चल पवनको साथ (2)
तर नबुझेको कुरा, किन सबैको साथ पाएको यो झरी आज यो साहाराबिनको
एक्लोपनमा साथ भएको होला?
किन आनन्दको लहर लिई आज यो मेरै आगनमा आएको होला?
-Bibek Chimariya
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments