यो हो सपनाको कुरा
आज राति देखेको सपना
भगवान बुद्धले भने
लेख्ने कुरा आजै लेख ।
बुद्धले थपे भोलि म भन्छु
तिमी लेख्न सक्दैनौ,
म दिन्छु
तिमी हेर्न सक्दैनौ,
म बोल्छु
तिमी सुन्न सक्दैनौ,
त्यसैले लेख, लेख्ने कुरा आजै लेख ।
म खानेकुरा दिन्छु
तिमी खान सक्दैनौ,
राम्रा राम्रा लुगा दिन्छु
तिमी लगाउन सक्दैनौ,
त्यसैले जे गर्नुछ
त्यो आजै गर,
भोलि समय
आफ्नो हुँदैन ।
कतै जानु छ भने
आजै जाउ
भोलि जान्छु भन्दा पनि
तिमी जान सक्दैनौ ।
जे गर्नु छ त्यो
आजै गर,
भोलि गर्छु भन्दा पनि
गर्न सक्दैनौ ।
यत्तिकैमा विउँझिएँ
त्यहाँ कोही थिएन
मैले त सपनामा पो
अर्ति पाएकी रहेछु ।
त्यसैले सपनाका कुरा
तुरुन्तै लेखेँ ।
सपना यति मात्र थियो ।
छोटो थियो,
तर मनन् योग्य लाग्यो
त्यसैले आज सपना लेखेँ
तिमीलाई पनि सुनाएँ
गर्नुपर्ने आजै गर
थाहा छ तर गर्दैनौ
त्यसैले आज निजी सपना
सबैलाई सुनाएँ ।
-Nepali Poem on Gautam Buddha by Deokhurni


 
											 By
By  
			 
																 
																 
																