दुई वटा
लाशहरु थिए
जमिनमा
क्षत-विक्षेत
एकदम कुरुप
रिपोर्टमा
लेखिएको थियो
कि
ती जवान लाशहरु प्रेममा थिए
एउटा कथित उपल्लो जातको थियो
भने
आर्को कथित तल्लो जातको
आश्चर्य
लाशहरुको जात अझै शेष थियो
अहिलेसम्म
लाशहरु
न कसैको छोरा थिए
न त कसैको छोरी
किन कि जात जिउँदो थियो
हत्या त सिर्फ सम्बन्धको भएको थियो
सिर्फ पवित्र सम्बन्धको।।
Read More From Arnab Chaudhary:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

