प्रेम र युद्धबीच | कविता | Arnab Chaudhary

Arnab Chaudhary

जब तिमी प्रेम र युद्धको द्वन्दबीच फसेका थियो
त्यतिखेर कसैले लेख्दै थियो
आफ्नो पसिनाहरुले
“परिश्रम”।

तिम्रा दरबारको ढोकाहरुमा
टाँगीदिएका थिए उसका सपनाहरु
उसलाई चेतावनी दिइएको थियो
अबदेखि उसले कहिले कुनै सपना नदेख़्न भनेर
न त निदाएको बेला, न त जागेको बेला नै।

जब तिमी प्रेम र युद्धको द्वन्दबीच फसेका थियो
कोही छरिरहेको थियो
बाँझो धर्तीमा अन्नका बिऊहरु
कोही उठाई रहेको थियो
तथाकथित यो दुनियाको बोझ

जब तिमी प्रेम र युद्धको द्वन्दबीच फसेका थियो
त्यतिखेर कोही सोची रहेको थियो
यो संसारलाई सुन्दर बनाउने तरिकाहरु
कोही हिड्न चाहन्थ्यो त्यो बाटोमा
जुन सिर्फ तिम्रो लागि बनाइएको थियो

जब तिमी प्रेम र युद्धको द्वन्दबीच फसेका थियो
कोहीले उत्तर दिने प्रयास गर्दै थियो
तिम्रो हरेक प्रश्नहरूको
जब तिमी चन्द्रमा जाने तयारी गरी रहेका थियो
तब कसैले चिच्याई रहेको थियो प्रेरणाको आवाजहरु

अन्ततः जब तिमीले युद्धलाई चुन्यो
त्यतिखेर कोहीले तिमीसँग प्रेम गर्न चाहन्थ्यो,
मात्र प्रेम।

-Arnab Chaudhary

Image by Pete Linforth

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments
I am no thing

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *