प्रश्नाेत्तर | Poem by Sadikshya Sharma Acharya

Sadikshya Sharma Acharya

म आफैँमा प्रश्नाेत्तरकाे खेल खेलिरहेछु,
कहिले प्रश्न बन्छु त कहिले उत्तर
तर अझै पनि म जीवनमा अलमलकाे खेल खेलिरहेछु !!

नयाँ वर्ष, नयाँ जाँगर आउला कि,
आउला कि नयाँ उमंग भन्दै
दिनदिनै प्रत्येक उल्झनकाे समाधान हेरिरहेछु,
म आफैँमा प्रश्नाेत्तरकाे खेल खेलिरहेछु!!

याे अर्थ पक्कै हाेइन, याे अर्थ पक्कै हाेइन अज्ञानताकाे
मन मस्तिष्कमा म अनेक साेचकाे बीजारोपण गरिरहेछु
आउला कि नयाँ उपाय भन्दै
म आफैँमा प्रश्नाेत्तरकाे खेल खेलिरहेछु !!

जीवन त सरलताले हेरे पुग्नेरहेछ
जीवन त सरलताले हेरे पुग्नेरहेछ,
जीवनशैलीलाई पाे यहाँ प्रतिस्पर्धा हुँदाेरहेछ,
अझै पनि प्रत्येक सन्ध्या,
म आफैँमा प्रश्नाेत्तरकाे खेल खेलिरहेछु ।

-Sadikshya Sharma Acharya

Image by Anemone123

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *