वर्षौदेखि फुटेको यो मन
आज खुलेको जस्तै लाग्छ,
यो खाली मन
आज भरिएको जस्तै लाग्छ,
वर्षौ अघि निभेको यो मनको दियो
आज बल्ल बलेको जस्तै लाग्छ,
किनभने आज मलाई
मायामा परेको जस्तै लाग्छ।
यस्ता आभासहरु पहिलै पल्ट भएको भने हैन,
अतीतमा हेर्दा यस्तै भावना बोकी म
दिन काट्ने गर्थे,
तर आजको यो महसुस हिजोको भन्दा अलि नौलो छ जस्तै लाग्छ
हिजोको एकतर्फी थियो र आजको दुईतर्फी छ जस्तै लाग्छ ।
यतिका वर्षमा टुक्रिएको रोत्तो मन लिइ बाँचिरहेको थिएँ,
आज त्यहि मन कति दंंग छ
त्यसलै साँच्चै नै होला आज मलाई मायामा पारेको जस्तै लाग्छ ।
तर आज यो मनमा खुसी मात्र छ भने जस्तो चाहि
मलाई लाग्दैन,
हिजोको मायाको चोटले आज सम्म मलाई मौन बनाएको थियो,
कतै आजको मायाले भोलि मलाई जिउँदो लास त बनाउने हैन ?
त्यो त मलाई समयसँगै थाहा होला
आज त म जिवित छु,
खुला छु, भरी छु र उज्यालो छु
रात निदाइसके पनि उसलाई नै सम्झिरहेको छु
उसलाई फेरी भेट्ने दिन कुर्दै छु
सपना बुन्दै र रहर पाल्दैछु
कहिल्यै नछोड्ने उसलाई भनि आफैलाई वाचा गर्दैछु।
के तपाईँलाई पनि म मायामा परेको जस्तै लाग्छ हो ?
-Bivek Chimarya
Photo by Ian Panelo

