समय अनि सम्बन्ध | Poem | Kavita Bhusal

Kavita Bhusal

समय समयको कुरा हो
हिजो मेरो लागि लड्ने आज मसँग लड्दै छ,
हिजो मसँग बसेर अरुको कुरा काटने आज मेरो कुरा काट्दै छ्,
हिजो तँ बिना केहि गर्दिन भन्ने ,
आज तैले भनेको सब मान्ने कट्पुतली होइन भन्ने गरेको छ।

समय समयको कुरा हो
सँगै बोलाइने नाम आज छुट्टाछुट्टै बोलाइको छ,
सँगै खिचिएको तस्विर आज भोलि मेटाइएको छ,
जे परेनि हामी सँगै छौ भन्नले,
आज चिन्न पनि छोडेको छ।

समय समयको कुरा हो
मसँग बोलेर नथाक्ने, आज महिना दिन नबोली बसेको छ,
हिजो झरीको थोपा जसरी नाच्ने, आज घाम लागै झै शान्त छ,
जे परेनि कहिल्यै साथ नछोडने भन्ने आजभोलि हराएको छ,
हाम्रो सम्बन्ध माथि केही छैन भन्नेले खै कताबाट घमन्ड ल्याएको छ।

समय समयको कुरा हो
मेरो लागि एक, आज अनेक बराबर भएको छ।

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

Leave a Reply

Your email address will not be published. Required fields are marked *